Shikhar Insurance

‘नेगेटिभ न्युज’को खडेरी तोडियो, सेयर बजार उकालो यात्रामा फर्किने पक्का भएकै हो ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ३, बुधबार १९:०३
NIMB
Nabil Bank

काठमाडौं । लामो खडेरीपछि मंगलबार अबेला एउटा सकारात्मक समाचार प्रवाह भयो । बैंक तथा वित्तीय संस्थाको ब्याजदर उताचढावमा राष्ट्र बैंकले लगाम लगाउने समाचारले सेयर बजारका लागि गुड न्युजको खडेरी तोड्यो ।

केन्द्रिय बैंकले ब्याजदरमा १० प्रतिशतभन्दा तलमाथि गर्न नपाउने बाध्यकारी व्यवस्था ल्याइदियो । जसले एक महिनाकै अन्तरमा वार्षिक सयकडा ३ भन्दा बढी ब्याज पाउने स्थितिको अन्त्य गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

तरलताको चरम अभावबीच बैंकहरु लगानीयोग्य रकमको जोहो गरिरहँदा वाणिज्य बैंकहरु ११.६७ प्रतिशतसम्म ब्याज निक्षेपमै दिन थाले । यो आकर्षणले सेयर कारोबार भइरहेको रकम निक्षेपतर्फ ओइरो लाग्ला भन्ने एकाथरी चिन्तामाझ कर्जाको पनि ब्याज बढ्ने सेयर बजारमा ठूलो प्रभाव पार्ने अनुमान थियो ।

तरलताको अपर्याप्तता, सेयर धितो कर्जामा लगाइएको ४/१२ को सीमासँगै ब्याजदर बढ्ने हल्ला सेयर बजारको जोखिमपूर्ण मानिएको थियो । अन्य समाचार प्रभावका कारण सूचीकृत संस्थाहरुले धमाधम लाभांश घोषणा गर्ने बेला पनि सेयर बजार बढ्न सकिरहेको थिएन ।

३२ सय अंकमा पुगेको नेप्से परिसूचक २४ सयको लाइनमा ओर्लिसक्दा लगानीकर्ताले खर्बौं रुपैयाँ गुमाएका थिए । यहीबीचमा नेपाल राष्ट्र बैंक घेराउ, गभर्नर र अर्थमन्त्रीको विरोध र्‍याली, धर्ना लगायतका गतिविधि भइरहेको थियो । ओर्लंदो परिसूचकले बढ्ने टेको भेट्टाएको थिएन ।

तर, मंगलबार अबेला राष्ट्र बैंकले जारी गरेको सर्कुलर सेयर बजारका लागि सञ्जिवनी बुटी मानिएको छ । बजारले वाणिज्य बैंकहरुको एकलौटी तोडेको टिप्पणी गरेको छ । चारैतिर सेयर खरिद गर्नुपर्ने सन्देश प्रवाह भएको छ जसलाई ४ महिने लामो मरुभूमी रुपी खडेरीमा आशाका किरणरुपी सकारत्मक सन्देश सिंचित गर्ने औजार मानिएको छ ।

बुधबार मध्यरातसम्म वाणिज्य बैंकहरुलाई ब्याजदर पुनरावलोकन गर्न समय तोकिएको समाचारले बुधबारको बजारमा ठुलो भुमिका खेल्यो ।

बेच्ने र बजारबाट निस्किने बहस चलिरहेको सामाजिक सञ्जालमा कुन सेयर किन्ने भन्ने बहस सुरु भयो ।

लगानीकर्ताहरुका नेताहरुले पनि सकारात्मक ऊर्जा फिजाउँने प्रयास गरे । लगानीकर्ताहरको नेता तथा नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरम अध्यक्ष अम्बिका प्रसाल पौडेले अरु लगानीकर्ता नेतालाई ट्याग गरेर लडाईंको दिन सकिएको घोषणा गरे ।

यी सबैको प्रभाव बुधबारको बजारमा देखियो ।

यस्तो रह्यो बुधबारको बजार
कारोबार सुरु भएको केहीबेरमै करिब २६ सय अंक पुगेको नेप्से परिसूचक अन्ततः ६० अंकले बढेको छ । सेयर बजारमा अधिकांश समय एउटै मूल्यमा सेयर किनबेच भएका थिए ।

नेप्से परिसूचकमा उच्च वृद्धि आउने क्रममा बुधबार १ सय ७९ कम्पनीको सेयर मूल्य बढे । ५ वटा कम्पनीको सेयर मूल्यमा त सर्किटै लाग्यो ।

फलस्वरुप नेप्से परिसूचक २.४१ प्रतिशतले उकालो लागेर २५७१.६६ अंकमा अडियो ।

नेप्से बढेको दिन कारोबार रकम पनि उल्लेख्य रह्यो । २ अर्ब ६७ करोडको सेयर किनबेच भए ।

नबिल बैंकको सबैभन्दा बढी ९ करोड ४८ लाख रुपैयाँको सेयर किनबेच भयो । कुल २ सय १७ स्क्रिप्टको कारोबार भयो ।

बुधबारको वृद्धि सेयर बजारमा कायमै रहला ?
बुधबारको वृद्धिले लगानीकर्तामा सकारात्मक ऊर्जा प्रवाह भएको छ । नेपाल इन्भेष्टर्स फोरमका प्रथम उपाध्यक्ष राजन लम्सालका अनुसार नेप्से परिसूचक ३२ सय अंकबाट घटेर २५ सय अंकमा आइपुग्नुको अर्थ बजार २० प्रतिशतले घटिसकाले त्योभन्दा बढी तल ओर्लने ठाउँ छैन । “बियरिस ट्रेन्डमा बजार भइदिएको भए अझै घट्छ भन्न सकिन्थ्यो तर अहिलेको प्रकृतिले बियरिस संकेत गर्दैन,” लम्सालले सिंहदरबारसँग भने, “२० प्रतिशत घट्नु ठूलो करेक्सन हो, यहाँभन्दा बढी घट्छ जस्तो मलाई लाग्दैन ।”

कात्तिक लाग्दै गर्दा सूचीकृत संस्थाले पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विरण प्रकाशन गर्न थाल्छन् । लगानीकर्ताले ती कम्पनीको वित्तीय विवरण सकारात्मक छन् भन्ने अनुमान लगाएका छन् ।

लम्सालले भने, “सबैले राम्रो नाफा गरेका अनुमान छ भने अघिल्लो आवको नाफाबाट लाभांश घोषणा धमाधम हुन थालेको छ ।” यो अर्थमा बजार अझै तल जाँदैन र जाने ठाउँ पनि छैन भन्ने उनको व्यक्तिगत बुझाइ छ ।

“लगानीकर्ता लाभांशको प्रतिक्षामा पनि छन्,” लम्सालले थपे, “अब बजार घट्ने ठाउँ छैन । यो बियरिस हैन, बुलिस नै हो । तर सामान्य करेक्सन भएको हो ।”

GBIME

प्रतिक्रिया दिनुहोस्