राष्ट्र बैंकको कैंचीः बैंकहरूले ३ दिनमै हेरफेर गरे निक्षेपको ब्याजदर, अधिकांशको एउटै (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले लगाम लगाएपछि बैंकहरुले निक्षेपको ब्याजदर परिमार्जन गरेका छन् । मंगलबार राति ९ बजे परिपत्र जारी गर्दै केन्द्रिय बैंकले २४ घण्टे अल्टिमेटम दिँदै तोकिएको सीमामा निक्षेपको अधिकतम ब्याजदर कायम गर्न भनेको थियो । सोहीअनुसार वाणिज्य बैंकहरुले यसअघि घोषित कात्तिक महिनामा लागु हुने ब्याजदर परिमार्जन गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । परिमार्जित ब्याजदर सार्वजनिक गरेका वाणिज्य बैंकहरुमध्ये व्यक्तिगत मुद्दतीमा सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकले ९.५५ प्रतिशत र सबैभन्दा थोरै प्रभु बैंकले ८.५७ प्रतिशत निक्षेपमा ब्याजदर दिने भएको छ । राष्ट्रिय वाणिज्य बाहेक १८ वटा बैंकले व्यक्तिगत मुद्दतीमा समान ९.३६ प्रतिशत र संस्थागतमा पनि समान ८.३६ प्रतिशत ब्याजदर दिने घोषणा गरेका छन् । माछापुच्छ्रे, सानिमा, सनराइज, एडीबीएल, सिटिजन्स र प्रभु बैंकले भने व्यक्तिगत मुद्दतीमा ८.८७ प्रतिशतदेखि ९.३५ प्रतिशतसम्म र संस्थागतमा ७.५७ प्रतिशतदेखि ८.३५ प्रतिशतसम्म ब्याजदर घोषणा गरेका छन् । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले व्यक्तिगत मुद्दतीको ब्याजदर भन्दा संस्थागतमा १ प्रतिशत बिन्दुले कम ब्याजदर कायम गर्नु पर्ने हुन्छ । साथै, अघिल्लो महिनामा कायम ब्याजदरमा १० प्रतिशत मात्र थपघट गर्न पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको हो । कात्तिक महिनामा लागू हुने गरी अधिकांश बैंकहरुले असोज मसान्तमै व्यक्तिगतमा भन्दा बढी संस्थागत मुद्दतीमै ११.६७ प्रतिशतसम्म ब्याजदर घोषणा गरका थिए । साथै, केही बैंकहरुले अघिल्लो महिनामा कायम ब्याजदरभन्दा १० प्रतिशत बढी थप … Continue reading राष्ट्र बैंकको कैंचीः बैंकहरूले ३ दिनमै हेरफेर गरे निक्षेपको ब्याजदर, अधिकांशको एउटै (सूचीसहित)