Shikhar Insurance

भिम रावलले भने-‘मैले राजीनामा दिएँ’, आउलान त एकिकृत समाजवादीमा ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ५, शुक्रबार २१:१०
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष डा. भिम रावलले १० बुँदे कार्यान्वयन कार्यदलको संयोजकबाट राजीनामा दिएका छन् । १० बुँदे सहमति र अपानी १२ को कार्यान्वयनबाट अध्यक्ष केपी ओलीपछि हटेपछि रावलले राजीनामा घोषणा गरेका हुन् । शुक्रबार जारी स्थायी कमिटी बैठकमा रावलले राजीनामा गरेको जानकारी दिएका हुन् । उनी १० बुँदे कार्यान्वयन कार्यदलको संयोजक थिए ।

उपाध्यक्ष रावलले बिधानले हाल कायम केन्द्रिय कमिटीको १० प्रतिशत केन्द्रिय सदस्य मनोनयन गर्ने व्यवस्था विपरिद प्रभु शाहको समुहका २ जना नेतालाई खल्तिबाट केन्द्रिय सदस्य बनाएकोमा आपक्ति जनाउँदै राजीनामा गरेको बताएका हुन् । उपाध्यक्ष रावलले शनिबार लिखित राजीनामा बुझाउने स्पष्ट पारे । सुरुवातदेखि नै माधव नेपालसँगै रहेका रावल पार्टी विभाजनका बेला भने १० बुँदे सहमतिका नाममा एमालेमै फर्किएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

पछिल्लो समय डा. रावलले नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल र उनी निकट नेता, कार्यकर्ताहरुसँगको छलफललाई तिब्र बनाईरहेका छन् । रावल निकट कार्यकर्ताहरुले पनि रावलले अब एमालेबाट बिद्रोह गर्ने संकेत गरिरहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्