Shikhar Insurance

नयाँ लघुवित्तलाई पनि पुराना झैं जिम्मेवार बनाउने भुमिका खेल्छुः नवनिर्वाचित अध्यक्ष शर्मा

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ५, शुक्रबार २२:०५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष प्रकाश राज शर्माले नयाँ लघुवित्तलाई पनि पुराना झैं उत्तरदायी बनाउन उत्प्रेरित गर्न आफ्नो कार्यकाल व्यतित हुने बताएका छन् । संघको साधारणसभामार्फत् अध्यक्ष बनेपछि सिंहदरबारलाई प्रतिक्रिया दिँदै लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रहेका नवनियुक्त अध्यक्ष शर्माले यस्तो बताएका हुन् ।

“मेरो कार्यकालमा आफू जिम्मेवार भइ अरुलाई पनि जिम्मेवार हुन उत्प्रेरित गर्नेछु र संघलाई दीगो बाटोमा डोहोर्‍याउने छु,” शर्माले थपे, “जसलाई हामीले सेवा गर्नुपर्ने हो उहाँहरुप्रति उत्तरदायी हुनेछौं र संस्थागत दीगो रुपमा अगाडि बढाउने सँगै पोलिसी लबिङमा मेरो कार्यकाल बित्नेछ ।”

Citizen Life
Kumar Bank
Nepal Life

साथै वित्तीय पहुँच बढाउन तथा, वित्तीय साक्षरता विस्तार गर्न संघ लागिपर्ने उनको भनाइ छ ।

अहिले नयाँ लघुवित्त संस्थाहरु पुराना झैं उत्तरदायी भएनन् भन्ने गुनासो छ । “तर, नयाँहरुलाई पनि लघुवित्तको मूल्य मान्यतालाई बढावा दिन सहयोग गर्नेछु । म पुरानो लघुवित्तको अभ्यासकर्ता भएका नाताले यही गर्नेछु,” उनले थपे ।

ग्रामिण क्षेत्रका सर्वसाधारणमा थप पहुँच पुर्याउने, कृषि, घरेलु उद्योग र व्यवसायलाई बढावा दिने र ग्रामिण रोजगारी सिर्जना गर्ने सरकारको योजना कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकको निर्देशनको उचीत पालना गर्न सदस्य लघुवित्तलाई उत्प्रेरित गर्ने उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्