Shikhar Insurance

४७ अर्ब बढी बीमा शुल्क तिरेर ८६ लाख जनाले गरे बीमा, वर्षदिनमा ११ लाख बीमित थपिए

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ७, आईतवार २०:३७
NIMB
Nabil Bank

काठमाडौं । नेपालको कुल जनसंख्याको २८.१८ प्रतिशतले बीमा गरेका छन् । तथ्यांक विभागको विवरणअनुसार हाल ३ करोड ४ लाख ९७ हजार ५४७ सय नेपालको जनसंख्या छ । जसमध्ये चालु आर्थिक वर्षको असोज मसान्तसम्म ८५ लाख ९४ हजार १ सय ८३ जनाले बीमा गरेको बीमा समितिको तथ्यांकले देखाएको छ ।

समितिबाट प्राप्त तथ्यांकअनुसार गत आवको सोही अवधिमा २४.९४ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको थियो । जसमा हाल बीमाको पहुँच ३.२ प्रतिशत (१० लाख ७७ हजार जना) ले वृद्धि भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

हाल २९ वटा जीवन र १ निर्जीवन बीमा कम्पनीले व्यवसाय गरिरहेका छन् । सो अवधिमा ४७ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

हाल १९ वटा जीवन र २० वटा निर्जीवन गरी २९ वटा बीमा कम्पनीहरुले व्यवसाय गरिरहेका छन् । यी कम्पनीहरुले चालु आवको असोज मसान्तसम्म कुल ४७ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । एक वर्षको अवधिमा कम्पनीहरुको व्यवसाय २०.११ प्रतिशतले वृद्धि भएको हो ।

एक वर्षको अवधिमा जीवन बीमा कम्पनीहरुले १८.२८ प्रतिशतले र निर्जीवन बीमा कम्पनीहरुले २७.८८ प्रतिशतले व्यवसाय वृद्धि भएको छ । चालु आवको असोज मसान्तसम्म जीवन बीमा कम्पनीहरुले ३८ अर्ब १८ करोड ६ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले ९ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

चालु आवको असोज मसान्तसम्म बीमा कम्पनीहरुको ३ हजार ७ सय ६ वटा कार्यालयमा १० हजार ६ सय २५ जना कर्मचारी कार्यरत छन् । गत आवको सोही अवधिमा कम्पनीहरुको २ हजार ८ सय ७ कार्यालयमा १० हजार २ सय ९५ जना कर्मचारी कार्यरत थिए ।

गत आवको असोज मसान्तको तुलनामा चालु आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी १७.९७ प्रतिशतले वृद्धि भएर ३९ अर्ब ४४ करोड ९२ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ३३ अर्ब ४४ करोड रुपैयाँ थियो ।

यस्तै, सो अवधिमा निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ६५.५९ प्रतिशतले वृद्धि भएको छ । गत आवको असोज मसान्तसम्म १८ अर्ब ७ करोड १२ लाख रुपैयाँ चुक्ता पुँजी भएकोमा २९ अर्ब ९२ करोड ४१ लाख रुपैयाँ पुगेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्