९ वाणिज्य बैंकले टेरेनन् राष्ट्र बैंकको नियम, लाखौं जरिवाना तिर्नुपर्ने गरी यस्तो गरे कसुर

काठमाडौं । नेपालका एक तिहाई वाणिज्य बैंकहरुले राष्ट्र बैंकको निर्देशन नटेर्ने गरेको पाइएको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये गत आर्थिक वर्षमा ९ वाणिज्य बैंकले केन्द्रीय बैंकले दिएको निर्देशन विपरित गएर कारोबार गरेको पाइएको हो । राष्ट्र बैंकको सम्बन्धित सुपरिवेक्षण विभागले गत आवमा गरेको अनुगमन तथा निरीक्षणमा दिइएको नीति निर्देशन विपरित कारोबार गर्ने वाणिज्य बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई हर्जना सहित कारवाही गरेको छ । यी वाणिज्य बैंकहरुले तोकिएको अनिवार्य नगद मौज्दात कायम नगर्दा, सम्पती सुदृढीकरण सम्बन्धी ऐन उल्लंघन गर्दा, प्राथमिकता प्राप्त क्षेत्रमा सीमासम्म लगानी नगर्दा तथा अन्य नीति निर्देशन विपरित गएर कारोबार गर्दा कारबाहीमा परेका हुन् । हर्जना सहित कारबाहीमा पर्ने बैंकहरू लक्ष्मी, स्ट्याण्डर्ड चार्टर्ड, ग्लोबल आइएमई, राष्ट्रिय वाणिज्य, सिभिल, प्रभु, नेपाल बंगलादेश र हिमालयन हुन् । गत आवको विभिन्न त्रैमासमा यी बैंकलाई केन्द्रीय बैंकले कारवाही गरेको हो । जसमध्ये स्ट्याण्डर्ड चार्टर्ड, सिभिल र हिमालयन पटक-पटक तोकिएको नियम उल्लंघन गरी कारवाहीमा परेका हुन् । केन्द्रीय बैंकको वाणिज्य बैंक सुपरिवेक्षण विभागले गत आवको पहिलो त्रैमासमा एउटा, दोस्रोमा ३ वटा, तेस्रो त्रैमासमा २ वटा र चौथो त्रैमासमा ३ वटा बैंकलाई कारबाही र हर्जना तिराएको हो । यी बैंकले कुल ८८ लाख ८० हजार ६५७ रुपैयाँ जरिवाना तिरेका हुन् । कसलाई के कसुरमा कस्तो सजाय ? गत आवको पहिलो … Continue reading ९ वाणिज्य बैंकले टेरेनन् राष्ट्र बैंकको नियम, लाखौं जरिवाना तिर्नुपर्ने गरी यस्तो गरे कसुर