Shikhar Insurance

विदेशीने श्रमिकको गुनासोपछि विमानस्थलको श्रम डेस्कमा मन्त्रीको छड्के, के भेटे ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ८, सोमबार १२:१५
NIMB
Nabil Bank

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान बिन्दुतर्फको श्रम डेस्कको अनुगमन गरेका छन् । ‘आबुधाबी डाइलग’ मा सहभागि हुन दुबई प्रस्थान गर्नुअघि मन्त्री श्रेष्ठले श्रम डेस्कका साथै विमानस्थल परिसरमा राखिएको कोरोना द्रुत परीक्षण स्थलको समेत अनुगमन गरेका थिए ।

कामका लागि खाडी मुलुक जान लागेका नेपाली श्रमिकहरूले मन्त्री श्रेष्ठसमक्ष दुई पटक कोरोना भाइरसको द्रुत परीक्षण गर्नुपरेको गुनासो गरेका थिए । चार घण्टाअघिको द्रुत परीक्षण रिपोर्ट ल्याएकाहरूले समेत विमानस्थल परिसरभित्रै परीक्षण गर्नुपर्ने नियमले झन्झट भएको गुनासो श्रमिकहरुले गरेका थिए । विमानस्थल परिसरभित्र हुने एन्टिजन परीक्षणमा महंगो शुल्क तिर्नुपरेको गुनासो पनि सेवाग्राहीले गरेका थिए । विमानस्थल परिसरमा राखिएको कोरोना द्रुत परीक्षण स्थलमा गरिएको निरीक्षणका क्रममा कतिपय विनाअनुमति संचालन गरिएको समेत पाइएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

विमानस्थलमा गरिने एन्टिजन परीक्षणलाई व्यवस्थित बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सहित अन्य निकायसँग समन्वय गरिने मन्त्री श्रेष्ठले बताए । अध्यागमन‚ भन्सार‚ श्रम डेस्क‚ सुरक्षा लगायतका बिषयमा आइपर्ने समस्या तत्काल सम्बोधन गर्न र सेवा प्रवाहमा सुधार ल्याउन विमानस्थलमा कार्यरत सबै निकायहरुलाई मन्त्री श्रेष्ठले निर्देशन दिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्