Shikhar Insurance

जावलाखेलमा फूलमेला आयोजना हुँदै, तिहारमा साढे १५ लाख माला बेचिने, मूल्य घट्दै

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ९, मंगलवार १७:५७
NIMB
Nabil Bank

काठमाडौं । तिहार तथा छठ पर्वलाई लक्षित गरी कात्तिक १२ गतेदेखि पुष्प मेला सुरु हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसनको आयोजनामा ४ दिने १४ औं गोदावरी पुष्प प्रर्दशनी २०७८ सञ्चालन हुने भएको हो ।

‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने मुल नारा सहित सुरु हुन लागेको सो पुष्प प्रर्दशनी ललितपुरको जावलाखेलमा सञ्चालन हुनेछ । प्रर्दशनीमा सयपत्री, मखमली, गोदावरी तथा अन्य सिजनल फूलहरु लिएर देशभरकै पुष्प व्यवसायीले भाग लिनेछन् । जसमा ४ वटा सूचनामुलक र ४४ वटा गरी कुल ४८ वटा स्टल रहने आयोजक टिमले जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कात्तिक १२ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने सो मेलामा ३५ हजार जनाले अवलोकन गर्ने र ५० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । जसमा ५० प्रतिशत अर्थात् २५ लाख रुपैयाँ बराबरको गोदावरी फूलकै व्यापार हुने मेला आयोजकको अनुमान छ ।

कोरोना भाइरसको संक्रमण जोखिमका कारण गत वर्ष यस्तो प्रर्दशनी हुन सकेको थिएन । तर, यसपटक भने ग्राहक, कृषक र पुष्प व्यवसायीको माग अनुसार न्यूनतम स्वास्थ्य माप दण्डको पालना गर्दै मेला सञ्चालन गर्न लागिएको आयोजकले बताएको छ ।

यसपटकको तिहार लक्षित गरी आन्तरिक बजारबाट १३ लाख र भारत लगायत तेस्रो मुलुकबाट २ लाख ५० हजार गरी कुल १५ लाख ५० हजार सयपत्री फूलको माला बजारमा ल्याइँदैछ । गत अघिल्लो वर्ष १३ लाख ८२ हजारको आन्तरिक उत्पादन १ लाख ५३ हजार रुपैयाँको आयात गरी तिहारमा कुल १५ लाख ३५ हजार माला खपत भएको थियो ।

यस्तै, यस पटक तिहार लक्षित ३ लाख मखमली फूलको मालाको माग छ । यो माग सतप्रतिशत नै आन्तरिक उत्पादनले नै पूरा गर्ने बताइएको छ । साथै, १५ हजार गोदावरी फूलको मालाको माग बजारमा छ ।

हाल बजारमा कुल १० करोड ९ लाख रुपैयाँ बराबरको १८ लाख ६५ हजार फूलको मालाको माग छ । गत वर्ष १५ लाख ३५ हजार सयपत्री फूलको माला खपत हुने अनुमान गरिएकामा १६ लाख व्यवसायीक फूलको माला खपत भएको थियो । यस पटक गत वर्षको तुलनामा १५ प्रतिशत बढी सयपत्री फूलको माला खपत हुने अनुमान गरिएको छ ।

माग बढेपनि मूल्य भने यसपटक घटेको छ । गतवर्ष सयपत्री मालाको मूल्य प्रति गोला थोकमा ६५ रुपैयाँ रहेकोमा हाल ५५ रुपैयाँ र मखमलीको ५० रुपैयाँ रहेकोमा हाल ३५ रुपैयाँ रहेको छ ।

लागत र बजार मागअनुसार यसपटक सयपत्री फूलको माला खुद्रामा ८० रुपैयाँसम्म पर्न सक्ने अनुमान गरिएको छ ।

केही समयअघि आएको वर्षा र बाढीका कारण किसानले फूलाएका फूल नष्ट हुँदा आन्तरिक उत्पादनले यस पटकको माग धान्न नसकेको फ्लोरिकल्चर एसोसिएसनले जानकारी दिएको छ । संघले दिएको जानकारी अनुसार वर्षा र बाढीले चितवन, धादिङ, मकवानपुरमा २० प्रतिशत, लुम्बिनी प्रदेशमा ७० प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ७० प्रतिशत फूल नष्ट भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्