Shikhar Insurance

पर्यटन क्षेत्रमा कोरोनाले पारेको प्रभाव हटाउन सबैले मिलेर काम गर्नुपर्छः मन्त्री आले

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ९, मंगलवार १९:३२
NIMB
Nabil Bank

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले कोभिडको कारण नेपालको पर्यटन उद्योगले ठूलो क्षति ब्यहोर्नु परेकोले यसबाट बाहिर आउन सबै मिलेर काम गर्नु पर्ने आवश्यक्ता रहेको बताएका छन् ।

उनले आफ्नो सबै ध्यान पर्यटन क्षेत्रले भोगेका समस्या समाधान गर्दै पर्यटनलाई चलायमान बनाउनमा केन्दित हुने बताए । ‘ म यस क्षेत्रमा देखिएका समस्या र विकृति प्रति जानकार छु । यी समस्याहरुको समाधान गर्न नै म यो मन्त्रलायमा आएको हुँ । व्यवसायीहरुले अनुभूती गर्ने गरी यस क्षेत्रको विकासमा काम गर्ने मेरो प्रतिवद्धता हो । यसमा सबै व्यवसायीहरु निजी क्षेत्रको सहयोग लिएर काम गर्ने छु । ’ उनले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै मन्त्री आलेले नेपालको पर्यटन प्रर्वद्धनका लागि नेपाल वायुसेवा निगम बलियो, प्रतिष्पर्धी र समय सापेक्ष बनाउन आवश्यक रहेको र सोही अनुरुप काम अघि बढाइएको समेत बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव यादव प्रसाद कोईरालाले व्यवसायीहरुका काम सहजीकरण र माग सम्बोधन गर्न मन्त्रालय सधै तयार रहको बताउनु भयो । उहाँले नेपालमा पर्यटनको अथाह सम्भावना रहेपनि त्यसको समुचित उपयोग गर्न नसकिरहेको उल्लेख गर्दै मन्त्रालयले नीतिगत सुधारको काम गर्ने र लगानी भित्र्याउन निजी क्षेत्र अग्रसर हुन आग्रह गरे ।

यस्तै बोर्ड सदस्य पम्फा धमलाले कोभिडले गर्दा पर्यटन बोर्डको आय घटेको र यसले गर्दा आवश्यक काम गर्ने अवस्था समेत नरहेकोले अहिलेललाई सरकारको सहयोग आवश्यक रहको बताए ।

यस्तै बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले पर्यटन क्षेत्रको विकासका लागि केही नीतिगत सुधार र पूर्वाधार विकास आवश्यक रहेको बताउँदै त्यसको लागि मन्त्रीले पहल लिइदिन आग्रह गरे । उनले नेपाललाई सबै उमेर समुह र सबै सिजनको पर्यटकीय गन्तव्य बनाउन सकिने पर्याप्त आधार रहेको बताउँदै यसका लागि अन्तर मन्त्रालय समन्वय र पर्यटन मैत्री कानून आवश्यक भएको बताए

होटल संघ नेपाल (हान) का अध्यक्ष सृजना राणा, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्रावल एजेन्टस् (नाटा) का अध्यक्ष अच्युत गुरागाई, टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुवेदी, नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्ट्स (नारा) का अध्यक्ष गंगा प्रसाद नेपालले कोभिडले थलिएको पर्यटनलाई लयमा फर्काउन मन्त्रालयको विशेष पहल,साथ र सहयोग आवश्यक रहेको धारणा राखे । उनीहरुले त्यसका लागि यस अघि भएका निर्णयहरुको सहि कार्यान्वयन र केही नयाँ पर्यटन मैत्री निर्णय गर्न मन्त्रीलाई आग्रह समेत गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्