Shikhar Insurance

क्षेत्री बने महानिर्देशक, नागरिक उड्डयन प्राधिकरणमा अब के होला ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ९, मंगलवार २१:०५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक राजकुमार क्षेत्रीले संस्थागत सुदृढीकरणका लागि प्रभावकारीरुपमा काम गर्ने बताएका छन् । मन्त्रिपरिषद्को बैठकबाट सोमबार महानिर्देशक पदमा नियुक्त भएका क्षेत्रीले आज कार्यभार सम्हाल्दै प्राधिकरणको संस्थागत विकासमा सम्पूर्ण स्रोत साधनको भरपुर प्रयोग गरिने बताए । उनले प्राधिकरणको भूमिकालाई थप सबलीकरण गर्दै हाल बेहोर्नु परेका समस्याको निकासका लागि सक्दो पहल गर्ने बताए ।

प्राधिकरणलाई विभाजन गरी नियामक र सेवा प्रदायक बनाउने गरी भिन्नाभिन्नै विधेयक तयार गरी सङ्घीय संसद्मा पेश गरिएको छ । युरोपीयन युनियन (इयू)को सुरक्षा चासोलाई मध्यनजर गर्दै संस्थागत संरचना सुधारको प्रक्रिया अघि बढाइएको छ । इयूले अहिले पनि उसको आकाशमा नेपाली हवाई जहाज उडानमाथि प्रतिबन्ध लगाएको छ । विगत सात वर्षदेखिको उडान प्रतिबन्धले नेपाली जहाज युरोपका आकाश भएर उड्न पाउँदैनन् । प्राधिकरणको संरचना परिवर्तनको प्रक्रिया अघि बढेसँगै प्राधिकरणभित्रका कर्मचारीले विरोध जनाउँदै आएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यसअघि निमित्त महानिर्देशकका रुपमा क्षेत्रीले क्यानको जिम्मेवारी सम्हाल्नुभएको थियो । प्राधिकरणका निर्वतमान महानिर्देशक राजन पोखरेलले उमेरहदका कारण प्राधिकरणको महानिर्देशक पदबाट राजीनामा दिएपछि क्षेत्रीलाई बरियताको आधारमा निमित्त महानिर्देशक बनाइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको महाप्रबन्धक, प्रवक्ता लगायत हाल १२औँ तहमा रहेका क्षेत्री यसअघि प्राधिकरणमा उपमहानिर्देशक थिए ।

महानिर्देशक क्षेत्रीसँग मुलुकको हवाई उड्डयन क्षेत्रमा ३४ वर्ष सेवा गरेको अनुभव छ । उनी २०७४ माघदेखि २०७६ असोजसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक बनेका थिए । क्षेत्रीसँग एएनएस डिपार्टमेन्ट, इन्जिनियरिङ निर्देशनालयलगायतमा काम गरेको अनुभव छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्