Shikhar Insurance

श्रमिक पठाउने र लिने देशसमक्ष श्रममन्त्रीका पाँच प्रस्ताव

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ९, मंगलवार २२:०१
NIMB
Nabil Bank

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा सोमबारदेखि जारी छैटौं श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सम्बोधन गरेका छन् । १६ वटा देशका श्रममन्त्री तथा उच्च अधिकारीहरु सहभागि आबुधाबी डायलगमा मन्त्री श्रेष्ठले कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकको सामाजिक र आर्थिक जीवनलाई सुधार गर्न गन्तव्य देशले आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने, आप्रवासी श्रमिकको कार्यस्थल सुरक्षालाई सुनिश्चित गर्नुपर्ने, न्यूनतम पारिश्रमिक बढाउनुका साथै निःशुल्क खान- बस्न व्यवस्था गर्नुपर्ने, श्रमिकको क्षमता विकासका कार्यक्रम गर्नुपर्ने र आगमन तथा प्रस्थान विन्दुमा निःशुल्क पिसिआर परीक्षण, निःशुल्क क्वारेन्टाइन तथा आइसोलेसन सेन्टरको व्यवस्था र निःशुल्क उपचारको व्यवस्था मिलाउन प्रस्ताव गरेका छन् ।

आबुधाबी डायलग दक्षिण एसियाका देशबाट श्रमिक पठाउने र श्रमिक लिने खाडीका ६ मुलुक र मलेसियाका श्रममन्त्रीहरू संयुक्त रूपमा सहभागी हुने क्षेत्रीय मञ्च हो ।

Citizen Life
Kumar Bank
Nepal Life

आबुधाबी डायलगमा आप्रवासी श्रमिकको हित र सुरक्षालाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे छलफल भइरहेको छ । १२ गतेसम्म संचालन हुने  डाइलगमा नेपालबाट मन्त्री श्रेष्ठको नेतृत्वमा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव थानेश्वर भुसाल सहभागी छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्