Shikhar Insurance

कस्तो छ आजको मौसम ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १०, बुधबार ०९:१९
NIMB
Nabil Bank

काठमाडौं । आज बुधबार मुलुकका थोरै स्थानमा वर्षाको  सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मौसममा उल्लेखनिय प्रणाली छैन, जसले नेपालको मौसम प्रणालीलाई असर गरोस ।

यद्यपि, दिउँसो पहाडी भूभागमा बदली  रहने र देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

राति पहाडी भूभागका एक/दुई स्थानमा वर्षाको सम्भावना छ ।

बिहीबार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्