Shikhar Insurance

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिमा व्यापक हेरफेरको तयारी

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १०, बुधबार १०:२८
NIMB
Nabil Bank

काठमाडौं । सरकारले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिमा व्यापक हेरफेरको तयारी गरेको छ । बीमा विज्ञ डा. रबिन्द्र घिमिरेलाई सञ्चालक समिति अध्यक्ष बनाईसकेको छ । केपी ओली सरकारका पालामा अर्थमन्त्री बिष्णु पौडेलले नियुक्त गरेका सञ्चालकहरुलाई पनि धमाधम पदमुक्त गरिरहेको छ ।

उमेर हदका लागि सञ्चालक सुखचन्द्र झालाई पदमुक्त गरिएको छ । त्यस्तै, पौडेलले नै नियुक्त गरेका सञ्चालक रमेश रानालाई पनि पदमुक्त गरेको छ । ६ जना सञ्चालक रहेको पुनर्बीमा कम्पनीमा हाल दिप प्रकाश पाण्डे र नवराज मुडभरी मात्रै कायम छन् । अध्यक्ष नियुक्त गरिएका डा. घिमिरेले पदभार सम्हालिसकेका छैनन् ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीमा खुला प्रतिष्पर्धाबाट आएका शंकर रायमाझीले सिईओको जिम्मेवारीमा छन् । हिमालयन रिले नेपाल रिका लागि आरक्षित २० प्रतिशत व्यवसाय आधा आधा गर्न लबिङ बढाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्