Shikhar Insurance

कोरिया जाने कामदारले ५ हजार डलरको कोरोना बिमा गर्नुपर्ने, पोलिसी बेच्न यी कम्पनी तयार

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १०, बुधबार १५:४६
NIMB
Nabil Bank

काठमाडौं । ईपीएस प्रणालीअन्तर्गत दक्षिण कोरिया जाने कामदारहरूले पाँच हजार अमेरिकी डलर बराबरको बिमा गर्नुपर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरिया जाने कामदारका लागि सो रकम बराबरको कोभिड–१९ को बिमा गर्ने कम्पनीहरूलाई आह्वान गरेको हो ।

वैदेशिक रोजगार विभागको प्रस्तावअनुसार एनएलजी, अजोड, प्रभु र प्रिमियर इन्स्योरेन्सले पोलिसी जारी गर्न तयार भएका छन् । यसअनुसार कोरिया जाने कामदारहरूले सम्बन्धित बिमा कम्पनीहरुसँग सम्पर्क गरी जोखिम बीमा गरी प्रमाण पत्र वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखामा बुझाउन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सूचीकृत नभएका अन्य बिमा कम्पनीहरू यस बिमा पोलिसी दिन तयार भई सूचीकृत हुन आएमा सूचीकृत गरिँदै लगिनेसमेत विभागले जनाएको छ । ईपीएस अन्तर्गत नेपालबाट कोरिया जाने नेपाली कामदार कोरोना महामारीका कारण लामो समयदेखि रोकिएका छन् ।

पछिल्लो समय कोरोना संक्रमणको अवस्था सामान्य बन्दै गएपछि कोरोना मापदण्डको पूर्ण पालनाको सुनिश्चितता गरी कोरिया पक्षसँगको प्रतिबद्धताअनुरुप सरकारले कामदार लैजाने प्रक्रियाअगाडि बढाएको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्