Shikhar Insurance

बाढीले क्षतिग्रस्त माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको संरचना मर्मत सुरु

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १०, बुधबार १५:५३
NIMB
Nabil Bank

लमजुङ । निर्माणको अन्तिम चरणमा पुगेको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको संरचना मर्मत सुरु भएको छ । गत १ असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पुर्‍याएको आयोजनाको संरचना मर्मत सुरु भएको हो । निर्माण सम्पन्न भइसकेर टनेलसमेत परीक्षण भएको २५ मेगावाटको सो आयोजनामा १ असारमा आएको बाढीले आयोजनाको बाँध क्षेत्रमा क्षति पुर्‍यएपछि पुनः मर्मत गर्नुपरेको आयोजनाले जनाएको छ ।

बाढीले बाँधक्षेत्रका अधिकांश भाग पुरिनुका साथै संरचनामा क्षति पुर्‍याएको र सो मर्मतको काम सुरु भएको आयोजना प्रवर्द्धक राजेन्द्र वस्तीले बताए । तत्कालीन समयमा आएको बाढीसँगै अधिकांश स्थानमा पहिरो जाँदा बाँध क्षेत्रसम्म पुग्ने सडक पनि भत्किएको थियो । यसअघि नै संरचना निर्माणको काम सम्पन्न गरिसकेको उक्त आयोजनाले जेठ महिनाभित्रै व्यावसायिक विद्युत उत्पादन गर्नेगरी परीक्षण तयारी गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

तर बाढीले संरचनामा क्षति पुर्‍याएपछि पुनः विद्युत उत्पादनको समय अनिश्चित बनेको छ । अघिल्लो वर्ष पनि दोर्दी खोलामा आएको बाढी र कोरोना भाइरस संक्रमण जोखिमसँगै सरकारले जारी गरेको लकडाउनको प्रभावका कारण निर्धारित समयभन्दा एक वर्ष बढी समय लगाएर आयोजना निर्माण सम्पन्नको चरणमा पुगेको थियो । अहिले पनि बाढीले क्षति पुर्‍याएपछि निर्माण अवधि पुनः एक वर्ष थपिने भएको छ ।

चैत महिनामा व्यावसायिक विद्युत उत्पादन गर्ने आयोजनाको लक्ष्य भए पनि उत्पादित विद्युत राष्ट्रिय ग्रिडमा जोड्न प्रसारणलाइन नहुँदा व्यावसायिक उत्पादनमा पनि ढिलाइ अनुमान गरिएको छ । २०७१ असोजबाट निर्माण थालिएको सो आयोजना अघिल्लो चैत मसान्तसम्म व्यावसायिक विद्युत उत्पादन गर्ने लक्ष्य राखिए पनि पटक–पटक निर्माणकार्य प्रभावित हुँदै आएको छ । आयोजनाबाट उत्पादित विद्युत् दोर्दी करिडोरको १३२ केभी राष्ट्रिय प्रसारण लाइनबाट मस्र्याङ्दी करिडोरको २२० केभी प्रसारण लाइनमा जोडिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्