ब्याजदर नीति प्रभावः सरकारी बैंकको ‘नयाँ बिजनेस’ ठप्प, भएको निक्षेप समेत खोसिँदै !

काठमाडौं । अहिले बैंकिङ क्षेत्र चरम तरलता अभावमा छ । चालु आर्थिक वर्ष लागेपछि प्रणालीबाट १ खर्ब ९ अर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम घटिसकेको छ । समग्र बैंकिङ क्षेत्रनै तरलता संकटमा रहेको अहिलेको अवस्था सरकारी पूर्ण र अर्ध स्वामित्वमा रहेका ३ वटा वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकको नीतिले समस्या थपिदिएको छ । केन्द्रीय बैंकले निक्षेपको ब्याजदरमा लगाएको सीमाका कारण सरकारी लगानीका बैंकलाई निजी क्षेत्रका बैंकहरुसँग प्रतिस्पर्धा गर्दै व्यवसाय विस्तार गर्न समस्या भएको हो । उसै त थोरै ब्याज दिने भनेर चिनिएका सरकारी बैंकले अन्यले बराबर बनाउन नपाउँदा व्यवसाय ठप्प भएको छ भने आफूसँग भएको निक्षेप पनि ‘फ्लाइट’ हुन थालेको गुनासो सरकारी बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छ । राष्ट्र बैंकले गरेको ब्याजदरको नयाँ नीतिका कारण भएको निक्षेपसमेत खोसिएको गुनासो उनीहरुले गरेका हुन् । तोकिएको ब्याजदर सीमा पालना गर्दै निर्धारण गरिएको निक्षेपको ब्याजदरमा नयाँ निक्षेप आउने सम्भावना नै नभएको उनीहरुको भनाइ छ । ‘थोरै ब्याजदर’ भन्दै आफूसँग भएको संस्थागत निक्षेपसमेत निजी क्षेत्रका बैंकमा सिफ्ट भएको राष्ट्रिय वाणिज्य बैंकका सीइओ किरणकुमार श्रेष्ठ बताउँछन् । ब्याजदर नीतिले सरकारी बैंकमा यसकारण भयो समस्या गत आर्थिक वर्षको चौथो त्रैमासदेखि नै तीब्र दरमा कर्जा विस्तार गरेका बैंकहरुले सोही अनुसार स्रोत व्यवस्थापन भने गर्न सकेका थिएनन् । यसबीच सरकारी कोषबाट खर्च हुन सकेन भने रेमिट्यान्समार्फत् स्रोत संकलन हुन सकेन … Continue reading ब्याजदर नीति प्रभावः सरकारी बैंकको ‘नयाँ बिजनेस’ ठप्प, भएको निक्षेप समेत खोसिँदै !