मार्जिन लोनमा थप कडाईको संकेत, सीडी र ब्याजदर ‘ग्याप’मा सहुलियत !

काठमाडौं । यति बेला नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा जुटेको छ । मंसिरको पहिलो साता समीक्षा सार्वजनिक गर्ने गरी केन्द्रीय बैंक तयारीमा जुटेको हो । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा मार्जिन लोनमा थप लगाम कस्नुपर्ने आवश्यकता देखिएको राष्ट्र बैंक स्रोत बताउँछ । ‘राष्ट्र बैंकमा आएका सुझावमा नछुटेको भनेको सेयर धितोको ४/१२ नीति हो,’ स्रोतले सिंहदरबारसँग भन्यो, ‘तर, बैंकहरुले चालु आर्थिक वर्ष लागेपछि प्रवाह गरेको मार्जिन लोनको परिमाण र माग हेर्दा यसमा थप केही कडाइको आवश्यकता राष्ट्र बैंकले देखेको छ ।’ चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले एक जना व्यक्तिले एक बैंकबाट अधिकतम ४ करोड र सम्पूर्ण बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँ मात्र सेयर धितोमा कर्जा लिन पाउने व्यवस्था गरेको थियो । जसको कार्यान्यवनको लागि पुनः सर्कुलर जारी गर्दै केन्द्रीय बैंकले २०७९ असार मसान्तभित्र तोकिएको सीमामा सेयर धितो कर्जा ल्याउन निर्देशन समेत दिइसकेको छ । उक्त नीतिको मुख्य भाव नै सेयर धितोमा गएको कर्जालाई घटाएर सो क्षेत्रमा जाने कर्जा अन्यत्र स्थानान्तरण होस् भन्ने हो । तर, बैंकहरुले गत आवको २ महिनामा दिएको सेयर धितो कर्जामा ९८ प्रतिशतले थप गरी चालु आवको सोही अवधिमा कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अहिले बजारमा लगानी योग्य रकम संकुचन भई बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा समेत … Continue reading मार्जिन लोनमा थप कडाईको संकेत, सीडी र ब्याजदर ‘ग्याप’मा सहुलियत !