Shikhar Insurance

४० खर्ब ऋण दिएका वाणिज्य बैंकहरुसँग असल कर्जा साढे २ खर्बमात्रै, ५० करोड नउठ्ने निश्चित

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २६, शुक्रबार १२:४८
NIMB
Nabil Bank

काठमाडौं । वाणिज्य बैंकहरुले गत असोज मसान्तसम्म ४० खर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंकहरुले लगानी गर्ने कर्जालाई राष्ट्र बैंकले ४ वर्गमा वर्गीकरण गरी सोहीअनुसारको प्रोभिजन गर्नु पर्ने व्यवस्था गरेको छ । वाणिज्य बैंकहरुको लगानीमा रहेको कुल कर्जामा ६.३ प्रतिशतमा असल अर्थात् पफमिङ लोन भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकले व्यवस्था गरेको कर्जाको वर्गीकरणमा सोमा गरिने प्रोभिजनअनुसार असल र वाचलिस्ट बाहेकका सबै कर्जा नन् पफर्मिङ लोन नै भएको राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकाल बताउँछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

‘असल कर्जा र वाच लिस्टमा भएका कर्जामात्र असल अथवा पमिङलोन हुन् भने वाचलिस्टभन्दा माथिमा सम्पूर्ण कर्जाहरूलाई हामी एनपीएल (नन् पर्फमिङ लोन) भन्छौ, वाचलिस्ट र गुड लोन पफमिङ लोन भन्छौ,’ प्रवक्ता ढकालले सिंहदरबारसँग भने, ‘कमसल, शङ्कास्पद वर्गमा रहेका कर्जा सबै एनपीएल हुन् यी कर्जामा जोखिम बढी हुनाले त्यसमा प्रोभिजन पनि बढी गर्नु पर्ने हुन्छ ।’

असल कर्जा र वाचलिस्ट बाहेक अन्य वर्गका कर्जामा जोखिम बढी हुने भएकाले यसलाई खराब कर्जा मानिने उनको भनाइ छ ।
राष्ट्र बैंकले असल कर्जामा १।३ प्रतिशत र वाचलिष्टमा भएको कर्जामा ५ प्रतिशत प्रोभिजन गर्नु पर्ने व्यवस्था गरेको छ ।

यसरी हेर्दा वाणिज्य बैंकहरुद्वारा प्रवाहित असोज मसान्तसम्मको ३९ खर्ब ७९ अर्ब ४० करोड रुपैयाँमा कर्जामा बैंकहरुको साँवा ब्याज नियमित भएका असल कर्जा २ खर्ब ५० अर्ब ७० करोड रुपैयाँमात्र छ । प्रवाहित कुल कर्जामा ३७ खर्ब २८ अर्ब ७० करोड रुपैयाँ बढी सम्झौताअनुसार भुक्तानी नियमित नभएका कर्जा रहेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।

कर्जाको वर्गीकरण र प्रोभिजनको व्यवस्था

बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जालाई राष्ट्र बैंकले ४ वर्गका वर्गीकरण गरेको छ । केन्द्रीय बैंकको व्यवस्थाअनुसार बैंकहरुले प्रवाहित कर्जालाई साँवा ब्याज भुक्तानीको आधारमा असल कर्जा, वाचलिष्ट, कमसल, शङ्कास्पद र खराब कर्जामा वर्गीकरण गरी नोक्सानी व्यवस्थापन (प्रोभिजन) गर्नु पर्छ ।

जसमा कर्जा प्रवाह गरेको ३० दिनसम्म असल कर्जामा वर्गीकरण गरी गरी १ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था थियो । जसलाई राष्ट्र बैंकले हाल ०.३ प्रतिशत थप गरी १.३ प्रतिशत कायम गरेको छ ।

१ महिनादेखि ३ महिनासम्म कर्जाको साँवा ब्याज भुक्तानी नभएमा त्यो कर्जालाई वाचलिष्टमा राखी कर्जा ५ प्रतिशत प्रोभिजन गर्नुपर्छ । साथै, ३ महिनादेखि ६ महिनासम्म कर्जाको साँवा ब्याज भुक्तानी नभएमा कर्जालाई कमसल कर्जामा वर्गीकरण गरी कर्जाको २५ प्रतिशत प्रोभिजन गर्नुपर्छ ।

यदि ऋणीले कर्जा लिएको ६ महिनादेखि १ वर्षसम्म पनि साँवा ब्याज भुक्तानी नगरेमा त्यो कर्जालाई शङ्कास्पद कर्जामा वर्गीकरण गरी कर्जाको ५० प्रतिशत प्रोभिजन बैंकले गर्नुपर्छ । साथै, १ वर्षभन्दा माथि साँवा ब्याज भुक्तानी नभएमा सोमा शत प्रतिशत प्रोभिजन बैंकले गरेर सो कर्जालाई खराब कर्जामा राख्नु पर्ने व्यवस्था गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाका ऋणीले कर्जा सम्झौता अनुसार कर्जा प्रवाह गर्छन् । सम्झौताअनुसार ऋणीले तोकिएको समयमा साँवा ब्याज भुक्तानी नगरे उक्त ऋणलाई खराब कर्जामा राख्नु पर्ने हुन्छ । यस्तो कर्जामा बैंक तथा वित्तीय संस्थामा राष्ट्र बैंकले तोकको कर्जा नोक्सानी बापत प्रोभिजन गर्नु पर्ने हुन्छ ।

असल कर्जा सबैभन्दा बढी एनआइसी एशियामा हुँदा सबैभन्दा थोरै नेपाल बङ्गलादेशमा,कुन बैंकमा कति ?

कर्जाको वर्गीकरण र सोमा गरिने नोक्सानी व्यवस्था ९प्रोभिजन० अनुसार कुल प्रवाहित कर्जामा असल र वाचलिष्टमा भएका कर्जा नै पफमिङ लोन हुन् ।
यस्तो कर्जामा गरिने कुल ६.३ प्रतिशत प्रोभिजन अनुसार असोज मसान्तसम्म सबैभन्दा बढी असल कर्जा एनआइसी एशिया बैंक र सबैभन्दा थोरै नेपाल बङ्गलादेश बैंकमा छ ।

साँवा ब्याज नियमित भएमा असल कर्जा एनआइसी एशिया बैंकमा १७ अर्ब ४१ करोड रुपैयाँ हुँदा नेपाल बङ्गलादेश बैंकमा ४ अर्ब ७० करोड रुपैयाँमात्र छ ।

यस्तै, असोज मसान्तसम्म बैंकहरुले प्रवाह गरेको कर्जामा ८ वटा बैंकमा पफमिङ लोन १० अर्ब रुपैयाँमाथि १४ अर्ब रुपैयाँसम्म, १६ वटा बैंकमा ५ अर्ब रुपैयाँमाथि १० अर्ब रुपैयाँसम्म र ३ वटा बैंकमा ५ अर्ब रुपैयाँभन्दा छ ।

धितो असुलीमै जानु पर्ने कर्जा ५० अर्ब रुपैयाँ
सावाँ ब्याज भुक्तानीमा १ वर्षभन्दा बढी भएपछि बैंकहरुले कर्जाको शत प्रतिशत नै प्रोभिजन गर्छन् । यसरी शतप्रतिशत प्रोभिजन गरिएको खराब कर्जाको भने बैंकहरु धितो असुलीको प्रक्रियामा जान सक्छन् । ऋणीले १ वर्षसम्म साँवा ब्याज भुक्तानी नगरेपछि धितो असुली गरेर बैंकहरुले आफ्नो लगानी फिर्ता लिन्छन् ।

यस्तो प्रकारको शतप्रतिशत प्रोभिजन गरिएको खराब कर्जालाई मात्र बैंकहरुले वित्तीय विवरण प्रकाशित गर्दा खराब कर्जाको विवरणमा देखाउने गरेका छन् । असोज मसान्तसम्म वाणिज्य बैंकहरुले प्रवाह गरेको कर्जामा १।२१ प्रतिशत अर्थात् ४९ अर्ब ३१ करोड ७० लाख रुपैयाँ असुली समस्या भएको खराब कर्जा छ ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुमा खराब कर्जाको अनुपात ०.१३ प्रतिशतदेखि ३.०१ प्रतिशत छ । जसमध्ये १४ वटा वाणिज्य बैंकको खराब कर्जा अनुपात नै १ प्रतिशत माथि पुगेको छ ।

खराब कर्जाको अनुपात सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य र सबैभन्दा थोरै एभरेष्ट बैंकमा छ । असोज मसान्तसम्म राष्ट्रिय वाणिज्यको ३.०१ प्रतिशत र एभरेष्ट बैंकको ०.१३ प्रतिशत खराब कर्जा अनुपात कायम छ । नेपालको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाको ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएमा त्यसमा जोखिम भएको मानिन्छ ।

सबैभन्दा बढी खराब कर्जा राष्ट्रिय वाणिज्यमा ६ अर्बहुँदा सबैभन्दा थोरै एभरेष्टमा, कुन बैंकमा कति ?

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा बढी खराब कर्जा राष्ट्रिय वाणिज्य र सबैभन्दा थोरै स्ट्याण्डर्ड चार्टर्ड बैंकमा छ । बैंकले सो अवधिमा राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब ६ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकद्वारा प्रवाहित कुल कर्जामा असोज मसान्तसम्म ३.०१ प्रतिशत अर्थात् ६ अर्ब २१ करोड ९१ लाख रुपैयाँ खराब कर्जा हो ।

यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आवको पहिलो त्रैमासमा ८३ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जसको ०.६७ प्रतिशत अर्थात् ५ करोड ५८ लाख रुपैयाँमात्र खराब कर्जा बैंकमा मौज्दात छ ।

वाणिज्य बैंकहरुले असोज मसान्तसम्म प्रवाहित कर्जामा ८ वटा बैंकका २ अर्ब रुपैयाँदेखि साढे ६ अर्ब रुपैयाँसम्म, ७ वटा बैंकको १ अर्ब भन्दामाथि २ अर्ब रुपैयाँसम्म, ६ वटाको ५० करोड रुपैयाँमाथि १ अर्ब रुपैयाँसम्म र ६ वटाको ५० करोड रुपैयाँभन्दा कम खराब कर्जा मौज्दात छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्