Shikhar Insurance

सरकारी तथ्यांक भन्छः ‘गतवर्षको भन्दा बढी बजेट खर्च भइरहेको छ’

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २८, आईतवार १२:४३
NIMB
Nabil Bank

काठमाडौं । बजेट खर्च निकै सुस्त भएपनि हालसम्म गतवर्षको भन्दा बढी खर्च भएको पाइएको छ । चालु आवको कात्तिक २७ गतेसम्म २ खर्ब ७९ अर्ब ४७ करोड रूपैयाँ बजेट खर्च भइसकेको छ जुन अघिल्लो आवको कात्तिक २७सम्म भएको बजेट खर्चभन्दा १७ अर्ब ६५ करोड रूपैयाँ बढी हो ।

अघिल्लो वर्षको आजका दिनसम्म २ खर्ब ६१ अर्ब ८२ करोड रूपैयाँ बजेट खर्च भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

यद्यपि सरकार लक्ष्यअनुरूप बजेट खर्च गर्न चुकिरहेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन बजेट ल्याउँदै मासिक १० प्रतिशतका दरले खर्च गर्ने लक्ष्य राखेका थिए । तर, लक्ष्य धेरै टाढा देखिन्छ ।
मासिक १० प्रतिशत खर्च गर्दा हालसम्म बजेट खर्च ४० प्रतिशत पुगिसकेको हुनुपर्ने थियो । तर, त्यसो हुन सकेको छैन ।

बजेट खर्च सोचेअनुसार हुन नसकिरहेका बेला पुँजीखर्च हुनै नसकेको अर्को तथ्य पनि उजागर भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक २७ गतेसम्म १० प्रतिशत पनि पुँजीगत खर्च भएको छैन । हालसम्म ८.१६ प्रतिशत अर्थात् २८ अर्ब ७९ करोड रूपैयाँमात्र बजेट खर्च भएको छ । चालु खर्च लक्ष्यको २३.५६ प्रतिशत अर्थात् २ खर्ब २३ अर्ब ५३ करोड रूपैयाँ भएको छ ।

अहिले बजेट खर्च धेरै नभएका कारण बजारमा तरलताको चरम अभाव भएको बताउने गरिएको छ । तर, यथार्थमा भने खर्च अघिल्लो वर्षभन्दा बढी भएको देखिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्