Shikhar Insurance

लक्ष्मी लघुवित्तले सञ्चालनमा ल्यायो थप २ शाखा

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २८, आईतवार १८:०४
NIMB
Nabil Bank

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तिय संस्थाले थप २ शाखा कार्यालय स्थापना गरेको छ । कम्पनीले ताप्लेजुङको थुम्बेदिन र पाँचथरको भालुचोकमा शाखा खोलेको हो ।

कम्पनी सञ्चालक समिति अध्यक्ष जीवन प्रकाश लिम्बु र प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

शाखा उद्घाटन समारोहमा प्रदेश नं. १ का प्रदेश प्रमुख भिम न्यौपाने, लघुवित्तको सामान्य प्रशासन विभागका प्रमुख दिलिप शर्मा तथा स्थानीय तहका जनप्रतिनिधिहरूको उपस्थिति थियो ।

सो अवसरमा संस्थाका अध्यक्ष जीवनप्रकाश लिम्बुले लक्ष्मी लघुवित्तले चाँडै लक्ष्मी बैंकको शाखारहित बैंकिङ सेवा प्रदान गर्ने जानकारी दिए ।

साथै, प्रमुख कार्यकारी अधिकृत शर्माले कम्पनीको कार्यक्षेत्र र भावी रणनीतिबारे धारणा राखेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्