Shikhar Insurance

आयल निगमका कर्मचारीले राष्ट्रिय वाणिज्य बैंकबाट बिनाधितो कर्जा पाउने

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २८, आईतवार १८:११
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल आयल निगमबीच तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले हस्ताक्षर गरे ।

सम्झौताभएपश्चात निगममा न्यूनतम दुई वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई निगमकोे सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ । बैंकले आधार दरमा दुई प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ ।

Citizen Life
Kumar Bank
Nepal Life

हाल बैंकको आधार दर ५.४१ प्रतिशत रहेको छ । सम्झौता अनुसार निगमका कर्मचारीहरुको तलबी खाता बैंकले संचालन गर्नेछ । यस सम्झौता पश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्