Shikhar Insurance

सेयर लगानीकर्तामा व्यापक कन्फ्युजन, नेप्से सामान्य अंकले घट्यो

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २८, आईतवार १८:४६
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ । नेप्से आइतबार १.३८ अंकले घटेर २६८८.९२ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

४ अर्ब ९ करोड ६२ लाख बराबरको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । बैंकको २७ करोडभन्दा बढीको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेप्सेका अनुसार आइतबार कारोबार भएका कम्पनीमध्ये चार कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । बोटलर्स नेपालको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ११ हजार ८ सय २५ रुपैयाँ पुगेको छ । महालक्ष्मी विकास बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता ७८५ रुपैयाँ, तेह्रथुम पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४३९ दशमलव ४० रुपैयाँ र मनुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेर प्रतिकित्ता एक हजार २१ रुपैयाँ ५० पैसा पुगेको छ ।

त्यस्तै, हाइड्रो इलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी नोक्सान व्यहोरेका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
कारोबार सुरू हुँदै ठूलो मात्रामा घटेको नेप्से त्यसपछि निरन्तर उतारचढाव बेहोरिरह्यो । विशेष गरी अर्थमन्त्री र गभर्नरको अभिव्यक्तिले सेयर लगानीकर्ताले निर्णय लिन सकिरहेका छैनन् । अहिले तरलताको जोखिमबीच ब्याजदर बढ्ने त्रास कायमै छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्