Shikhar Insurance

ग्राहक लोभ्याउने ‘०.५ प्रतिशत नीति’ खारेज, बोलकबोलको ब्याजदर महिनैपिच्छै फेर्न पाउने

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २८, आईतवार १९:०९
NIMB
Nabil Bank

काठमाडौं । बैंकहरुले बोलकबोलबाट संकलन गर्न पाउने संस्थागत निक्षेपको ब्याज ३ महिनाअगावै हेरफेर गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले यस्तो ब्याजदर ३ महिनामा एकपल्ट थपघट गर्न पाउने व्यवस्था गरेको थियो जुन अहिले हटाइएको छ ।

हाल निक्षेपमा दिने ब्याजदर मासिक रुपमा मात्र परिवर्तन गर्न सकिने व्यवस्था छ । आगामी महिनाको लागि निक्षेपमा लागु हुने ब्याजदर सम्बन्धी सुचना नेपाली महिना सुरु हुनुपूर्व प्रकाशित गरिसक्नुपर्ने व्यवस्था छ । तर, बोलकवोलको आधारमा संकलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित व्याजदर तीन महिनासम्म परिवर्तन गर्न पाइने छैन भन्ने व्यवस्था थियो जुन अहिले हटेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यता बोलकवोलको आधारमा संकलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदरमा नबढ्ने गरी निक्षेप संकलन गर्नु पर्ने व्यवस्था गरिएको छ । तर, आफूसँगै रहेको निक्षेपलाई पूनःबोलकबोल गरी नवीकरण गर्नु परेमा प्रकाशित ब्याजदरमा ०.१ प्रतिशत बिन्दूसम्म थप गरी निक्षेप संकलन गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यसैगरी कल डिपोजिट तथा संस्थागत मुद्दती निक्षेप बाहेक अन्य निक्षेपको हकमा प्रकाशित ब्याजदरमा शून्य दशमलव पाँच प्रतिशत बिन्दुसम्म बढाउन सकिने व्यवस्था खारेज गरिएको छ । बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई लोभ्याउन थप ०.५ प्रतिशत ब्याजदर दिन पाउँथे ।

GBIME

प्रतिक्रिया दिनुहोस्