Shikhar Insurance

रामचन्द्र झा र बंशिधर मिश्र पनि एकिकृत समाजवादीमा

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २८, आईतवार १९:४१
NIMB
Nabil Bank

काठमाडौं । एमालेका पूर्व नेता रामचन्द्र झा र बंशिधर मिश्र पनि एकिकृत समाजवादी पार्टीमा सामेल भएका छन् । एमाले छाडेर माओवादी बनेका झा नयाँ शक्ति हुँदै पुनः माओवादीमै क्रियाशिल थिए ।

माधव नेपालले एकिकृत समाजवादी पार्टी गठन गरेपछि झा सोही पार्टीमा सामेल भएका हुन् । उनी एमाले भित्र माधव नेपाल निकट मानिन्थे र जनकपुर आसपास क्षेत्रमा राम्रो जनमत भएका नेताका रुपमा हेरिन्थे । झाले सचिवालय सदस्यको जिम्मेवारी पाएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, केपी ओलीले बंगलादेशको राजदुत बनाएका डा. बंशिधर मिश्र पनि एकिकृत समाजवादीमै लागेका छन् । रौतहटका मिश्रलाई देउवा सरकारले बंगलादेशको राजदुतबाट फिर्ता बोलाएको थियो । मिश्रलाई स्थायी कमिटी सदस्य बनाइएको छ ।

डढेलधुरामा एमाले परित्याग गरि एकिकृत समाजवादीमा लागेका डा. तारा जोशीलाई पनि केन्द्रिय सदस्यको जिम्मेवारी दिईएको छ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्