वाणिज्य बैंकहरुको ब्याजदर युद्ध समाप्त, राष्ट्र बैंकको फैसलाले यस्तो पर्नेछ प्रभाव

काठमाडौं । अन्ततः बैंकहरुबीचको ब्याजदर युद्ध समाप्त भएको छ । एक महिनाअघिदेखि शुरु भएको विवादमा राष्ट्र बैंकले फौसला सुनाउँदै निक्षेप ब्याजदर एक सीमामा कायम गर्ने नीति आइतबार जारी गर्यो । राष्ट्र बैंकले कात्तिक २८ गते जारी गरेको सर्कुलरअनुसार एक वर्गका बैंक तथा वित्त कम्पनीहरुले ब्याजदरलाई औषतमा हिसाब गरी आवश्यताअनुसार १० प्रतिशतसम्म थप गरेर नयाँ दर कायम गर्न सक्ने छन् । तरलताको चरम संकटमा स्रोत संकलनका लागि निक्षेपको ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा बैंकहरुले असोज महिनादेखि नै गरेका थिए । एक आपसमै भएको निक्षेपको खोसातानीमा बैंकहरुले कात्तिक महिनामा बैंकहरुले असोजमा कायम ब्याजदरमा ३० प्रतिशतसम्म वृद्धि गरेका थिए । तर, यस्तो ब्याजदर युद्धमा राष्ट्र बैंकले हस्तक्षेप गर्दै कात्तिक ३ गते १० प्रतिशतको ‘ग्याप’ नीति लगायो । जसअनुसार बैंकहरुले अघिल्लो महिनामा प्रकाशित ब्याजदरको १० प्रतिशतमात्र थपगरी पछिल्लो महिनामा प्रकाशित गर्न पाउने भए । बैंकहरुले सो निर्देशन कार्यन्यवन त गरे तर असोजमै थोरै ब्याजदर कायम गरेका बैंकहरु भने ‘ग्याप’ नीतिले गर्दा प्रतिस्पर्धामा पछि परे । अधिकांश वाणिज्य बैंकको ९.३६ प्रशितत अधिकतम ब्याजदर हुँदा सरकारी बैंक लगायत अन्य केही वाणिज्य बैंकको अधिकतम ब्याजदर भने ८.५५ प्रतिशतदेखि ९.३५ प्रतिशतसम्ममात्र कायम भएको थियो । कात्तिक ३ गते कै सर्कुलरमा राष्ट्र संस्थागत मुद्दतीको ब्याजदर व्यक्तिगतकोभन्दा १ प्रतिशत कम हुनु पर्ने व्यवस्था समेत गरेको थियो । यसले गर्दा संस्थागत निक्षेपको ब्याजदरमा … Continue reading वाणिज्य बैंकहरुको ब्याजदर युद्ध समाप्त, राष्ट्र बैंकको फैसलाले यस्तो पर्नेछ प्रभाव