Shikhar Insurance

आजका मुलखबर: मुख्यमन्त्री राई माग्दै विश्वास, चोलेन्द्र बढाउँदै अविश्वास

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २८, आईतवार २१:३७
NIMB
Nabil Bank

ब्याजदर एकल अंकमा राख्न राष्ट्र बैंकको थप कडाइ

ब्याजदर नियन्त्रणमा राख्न नेपाल राष्ट्र बैंकले थप कडाइ गरेको छ । यही कात्तिक पहिलो साता बैंकहरूले आक्रामक ढंगले निक्षेपको ब्याजदर वृद्धि गरेपछि एक पटकमा १० प्रतिशतभन्दा बढी घटबढ गर्न नमिल्ने भन्दै राष्ट्र बैंकले हस्तक्षेप गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

आइतबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी एकीकृत निर्देशनमा थप कडाइ गर्दै औसत तथा न्यूनतम ब्याजदर (कल निक्षेपबाहेक)को औसतमा बढीमा १० प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्ने व्यवस्था गरेको छ ।

जबराले तोकेको इजलासमा नबस्न न्यायाधीशहरूलाई बारको पत्र

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र उनले तोकेको इजलासमा सहभागी नहुन आग्रह गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरूलाई छुट्टाछुट्टै पत्र पठाएको छ ।

बार महासचिव लीलामणि पौडेलले सबै न्यायाधीशलाई पत्र पठाएको बताए । उनले भने, ‘प्रधानन्यायाधीशमाथि हामीले गम्भीर आरोप लगाएर उहाँको राजीनामा माग गरिएकाले उहाँले तोकेको इजलासमा नबस्न र मुद्दाको सुनुवाइ नगर्न माग गरेर अनुरोध सहित पत्र पठाएको हो ।’

कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रण गर्न ल्याइयो साढे दुई लाख डोज खोप

हैजाविरुद्धको साढे दुई लाख डोज खोप नेपाल आइपुगेको छ । कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणका लागि आइतबार दुई लाख ५२ हजार डोज ओरल खोप ल्याइएको हो ।

विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफको सहयोगमा उक्त खोप नेपाल ल्याइएको हो ।

कपिलवस्तुको कृष्णनगरमा फैलिएको हैजाका कारण हालसम्म एक हजार ३६४ जना संक्रमित भएका छन् ।

हाल दुई जनाको अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

इक्वेडरको कारागारमा झडप, ६८ जनाको मृत्यु

इक्वेडरको एक कारागारमा भएको झडपमा परी कम्तीमा ६८ जनाको मृत्यु भएको छ ।

कारागारभित्रकै दुई समूहबीचमा भएको झडपमा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । कारागारभित्र झण्डै ७०० कैदी रहेका जनाइएको छ ।

यसअघि लिटोरल पेनिटेन्टियरीभित्र रहेको सोही कारागारमा गत सेप्टेम्बरमा भएको झडपमा पनि ११९ जनाको मृत्यु भएको थियो । यस वर्ष मात्र इक्वेडरका कारागारहरूभित्र भएका झगडामा झन्डै ३०० कैदीको मृत्यु भइसकेको छ ।

बैतडी सेमिफाइनलमा प्रवेश

बैतडी लगातार दोस्रो जीत निकाल्दै वाईवाई १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रदेशस्तरीय छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार सम्पन्न खेलमा बैतडीले बझाङलाई ५ विकेटले स्तब्ध पार्दै अन्तिम चारमा सुरक्षित भएको हो । यसअघि शनिबार पहिलो खेलमा बैतडीले दार्चुलालाई ९२ रनले हराएको थियो ।

दिल्लीमा प्रदूषण : स्कुल र निर्माण सेवा एक साता बन्द, सरकारी कर्मचारीले घरबाटै काम गर्ने

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रदूषणको समस्या समाधान गर्न विभिन्न घोषणा गरेका छन् । उनले एक साताका लागि स्कुल बन्द गर्ने, निर्माण गतिविधिमा रोक लगाउने र सरकारी कर्मचारीले घरबाटै काम गर्ने बताएका छन् ।

मुख्यमन्त्रीले शनिबारको आकस्मिक बैठकपछि आफ्नो सरकारले लकडाउनको प्रस्ताव सर्वोच्च अदालतमा पनि पेस गर्ने बताए ।

वायु प्रदूषणमा भएको वृद्धिलाई संकटकालीन अवस्थाको रूपमा व्याख्या गर्दै भारतीय सर्वोच्च अदालतले शनिबार केन्द्र सरकार र दिल्ली सरकारलाई वायुको गुणस्तर सुधार गर्न सवारी साधनमाथि प्रतिबन्ध लगाउने र लकडाउन गर्ने जस्ता कदम तत्काल चाल्न सुझाव दिएको थियो ।

मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतका लागि गरे प्रस्ताव दर्ता

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतका लागि आज (आइतबार) प्रदेशसभामा प्रस्ताव दर्ता गरेका छन् ।

दुई दिनअघि विश्वासको मतसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान भएका कारण मुख्यमन्त्रीले स्वकीय सचिव सन्दीप राईमार्फत आज प्रस्ताव दर्ता गराएका हुन् ।

मंगलबार दिउँसो साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन आज प्रस्ताव दर्ता गरीएको मुख्यमन्त्री राईका स्वकीय सचिव राईले जानकारी दिए ।

गत १६ कात्तिकमा पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का नेता राई मुख्यमन्त्री नियुक्त भएका थिए ।

मंगलबार विश्वासको मत लिएपछि मात्र उनले सरकार विस्तार गर्ने अभिव्यक्ति दिँदै आइरहेका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठकमा उठ्यो अदालतबारे प्रसंग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सर्वोच्च अदालतमा भइरहेको घटनाक्रमबारे पार्टी मौन बस्न नहुने बताएका छन् ।

आइतबार बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले अदालतबारे नबोल्ने हो भने पार्टी र यो व्यवस्थाले नै मूल्य चुकाउनुपर्ने बताए ।

थापाले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई अदालतबारे छलफल गरी निर्णयमा पुग्नुपर्ने भन्दै ध्यानाकर्षण गराएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्