Shikhar Insurance

मौद्रिक नीति समीक्षा मुखैमा आज गभर्नरलाई एक्लै भेटे अर्थमन्त्रीले, के कुरा भयो ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २८, आईतवार २१:४८
NIMB
Nabil Bank

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव देखिएको तथा मौद्रिक नीतिको समीक्षा गर्ने समय नजिकै आइरहेको बेला अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको छ ।

अर्थमन्त्रालयमा आज भएको छलफल नियमित भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । केन्द्रीय बैंकले चालु आवको मौद्रिक नीतिको आगामी मङ्सिरको पहिलो साता समीक्षा गर्ने तयारी गरेको छ । यसअघि अर्थमन्त्री शर्माले ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधिलाई बोलाएर तरलताको समस्या समाधान गर्ने विषयमा छलफल गरेका थिए । अर्थमन्त्रीका प्रेस सल्लाहकार गोविन्द रोकाले आजको छलफल नियमित भएको प्रतिक्रिया दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

सीडी रेसियोमा सहुलियत दिन राष्ट्र बैंकलाई अर्थमन्त्रीको निर्देशन, अरू केके भने ?

GBIME

प्रतिक्रिया दिनुहोस्