Shikhar Insurance

सीडी रेसियो ९७% बनाएर व्यवसाय गर्दै बैंक, १४ वटा कर्जा दिनै नसक्ने अवस्थामा (कसको कति ?)

दिलु कार्की
२०७८ कार्तिक २९, सोमबार १३:२१
NIMB
Nabil Bank

काठमाडौं । दर्जन बढी वाणिज्य बैंकले कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । तोकिएको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमा कटाएपछि ती बैंक नयाँ कर्जा रोक्नुपर्ने स्थितिमा पुगेका हुन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक मौद्रिक नीतिमार्फत् यसअघि लागू ८५ प्रतिशतको कर्जा–पुँजी/निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गरी सीडी रेसियो लागू गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

सलाई ९० प्रतिशत तोकी २०७९ असार मसान्तसम्म सीमामा ल्याउन राष्ट्र बैंकको निर्देशन छ । यसअवधिमै राष्ट्र बैंकले बैंकहरुलाई क्रमिक रुपले सीडी घटाउँदै ल्याउन समेत सुझाव दिइरहेको छ ।

राष्ट्र बैंकको सुझावाई बेवास्ता गर्दै अधिकांश वाणिज्य बैंकहरुले तोकिएको सीमा कटाएरै बिजनेस गरिरहेको तथ्यांकले देखाएको छ । नेपाल बैंकर्स संघबाट प्राप्त तथ्यांकअनुसार कात्तिक २६ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ९०.८१ प्रतिशत पुगिसकेको छ ।

सीडी रेसियो गणनामा बैंकहरुले निक्षेपमा ऋणपत्र, रिफाइनान्स र विदेशी मुद्रामा प्राप्त निक्षेपलाई समेत जोड्न पाउँछन् । संघबाट प्राप्त निक्षेप र कर्जाको तथ्यले यो भन्छ कि २६ गतेसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब २३ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरि ४० खर्ब २७ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

कुन बैंकको सीडी रेसियो कति ?
सिंहदरबारलाई प्राप्त एक तथ्यांक अनुसार कात्तिक २६ गतेसम्म १४ वटा वाणिज्य बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा बढी छ । केन्द्रीय बैंकले तोकेको सीमा कटाएका बैंकहरुमध्ये पनि सबैभन्दा अगाडि नेपाल इन्भेष्टमेण्ट बैंक छ, जसको सीडी रेसियो ९७.६४ प्रतिशत पुगेको छ । थप निक्षेप संकलन नगरी पास भइसकेको कर्जा भुक्तान गरिरहँदा नेपाल इन्भेष्टमेण्टको सीडी करिब शतप्रतिशतको नजिक पुगेको हो ।

कात्तिक २६ गतेसम्म धेरै सीडी हुनेमा कृषि विकास बैंक दोस्रो र कुमारी तेस्रो स्थानमा छ । कृषि विकासको सीडी ९४.४ प्रतिशत र कुमारीको ९३.८२ प्रतिशत पुगेको छ ।

यता नेपाल एसबीआई, मेगा, ग्लोबल आइएमई र सिभिल बैंकको सीडी रेसियो ९२ प्रतिशत माथि छ भने प्राइम, बैंक अफ काठमाण्डू, सिटिजन्स र एनसीसी बैंकको ९१ प्रतिशत नाघेको छ ।

सेञ्चुरी, एनएमबि र स्ट्याण्डर्ड चार्टर्डले पनि राष्ट्र बैंकले कामय गरेको सीमा नाघिसकेका छन् ।

यो अवधिमा ६ वटा बैंकको सीडी ८९ प्रतिशत बढी छ । भने अरु ७ वटाको ८९ भन्दा कम छ । सबैभन्दा कम सीडी रेसियो सानिमा बैंकको कायम छ ।

सीडी ९० प्रतिशत कटेपछि के हुन्छ ?
सीडी रेसियो ९० प्रतिशत कटेको बैंकहरुको थप कर्जा दिन नसक्ने राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकाल बताउँछन् ।

‘राष्ट्र बैंकले बैंकहरुको दैनिक सीडी रेसियोे हेरिरहेको हुन्छ । अहिले निगरानीमात्र गरेपनि तोकिएको समयमा बैंकहरुले सीमामा सीडी कायम गर्नु नै पर्छ,’ प्रवक्ता ढकालले सिंहदरबारसँग भने, ‘महिनाको अन्त्यमा भने अघिल्लो महिनाकोभन्दा केही प्रतिशत सीडी रेसियो बैंकहरुले घटाउनु नै पर्छ ।’

सीडी क्रमिक रुपमा घटाउँदै नजाने बैंकलाई ०७९ असार मसान्तमा एकैपटक ९० प्रतिशत कायम गर्न समस्या हुने उनको भनाइ छ ।

‘अहिले नै सीडी रेसियो सीमाभन्दा बढी भएका बैंकहरुले थप कर्जा दिन सक्दैनन्’, उनले थपे, ‘जसका लागि थप स्रोत संकलन गर्न आवश्यक छ ।’

सीडी रेसियो ९० प्रतिशतभन्दा बढी भएका बैंकहरुले स्रोत तथा दायित्व व्यवस्थापनमा ध्यान दिएर थप स्रोत संकलन गरेरमात्र नयाँ कर्जा प्रवाह गर्नसक्ने उनको भनाई छ ।

बैंकर्स संघका उपाध्यक्ष सुनिल केसी भने बैंकहरुले ग्राहकसँगको निक्षेपबाट मात्र नभएर अन्य वैकल्पिक स्रोतमार्फत् समेत थप कर्जा दिन सक्ने बताउँछन् ।

‘निक्षेपमार्फत् स्रोत संकलन नभए बैंकहरुले रिपेमेन्टबाट आएको पैसा, एसएलएफ, रिपोलगायतबाट पनि स्रोत जुटाउन सक्छन्,’ एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका उपाध्यक्ष केसीले सिंहदरबारसँग भने, ‘सीडी रेसियो असारसम्म ९० प्रतिशत कायम गर्नुपर्ने निर्देशन राष्ट्र बैंकको हो । कसैको बढेको छ भने पनि सन्तुलन कायम गरिसक्न अझै समय छ ।’

बैंकहरुले यसबीच एसएलएफ, रिपोमार्फत आवश्यक तरलता कायम गरिरहेका हुन्छन् । ‘सीडी रेसियो एकातर्फ छ, लिक्विडिटी रेसियो सहज छ भने कर्जा विस्तार गर्न सक्ने स्पेस हुन्छ,’ केसीले भने, ‘बैंकिङ बिजेनसमा सीधा हिसाबभन्दा सबै औजार मिलाएर काम गर्नुपर्छ, नैतिक रुपमा काम गर्न हामी प्रतिवद्ध छौं ।’

सीडी रेसियो गणना गर्दा बैंकहरुले निक्षेपमा ऋणपत्र, रिफाइनान्स र विदेशी मुद्रामा प्राप्त निक्षेपलाई समेत गणना गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । तर, ग्राहकसँग संकलित निक्षेप नै बैंकहरुको मुख्य कर्जा परिचालनको स्रोत हुँदा थप निक्षेप संकलन नगरी सीडी रेसियो ९० प्रतिशत कटेका बैंकहरुलाई नयाँ कर्जा प्रवाह गर्न समस्या हुन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्