Shikhar Insurance

घट्यो चिलिमेको नाफा

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २९, सोमबार १३:३५
NIMB
Nabil Bank

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिसम्ममा २० करोड ९८ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा छ दशमलव ०१ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २२ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

Citizen Life
Kumar Bank
Nepal Life

समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा पाँच दशमलव ४२ प्रतिशत घटेको छ भने वित्तीय आम्दानी १० दशमलव १७ प्रतिशत घटेको छ । तीन महिनामा कम्पनीले विद्युत बिक्रीबाट ३५ करोड १६ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको छ ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन दशमलव ३७ प्रतिशत घटी हो । विद्युत बिक्री आम्दानी घट्दा कम्पनीले नोक्सान व्यहोर्नु परेको हो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने रिटेन्ड अर्निङ्ग १० दशमलव ९० प्रतिशत घटेको छ । असोज मसान्तसम्ममा कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी दुई रुपैयाँ २८ पैसा घटेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ९२ पैसा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्