Shikhar Insurance

पौडेल महाप्रबन्धकको जिम्मेवारीबाट मुक्त, मन्त्रालयका ‘विषय विज्ञ’ बनाए आलेले

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २९, सोमबार १७:१४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल एयरलाइसका महाप्रबन्धक डिमप्रकाश पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तानिएका छन् । मन्त्री प्रेम आलेले पौडेललाई निगम जिम्मेवारीबाट मुक्त गर्दै मन्त्रालयमा पदस्थापन गरेका हुन् ।

‘सञ्चालक समिति सदस्यको जिम्मेवारी कायमै गरेर कार्यकारी नेतृत्व नवनियुक्त कार्यकारी अध्यक्षले गर्नेगरी मलाई मन्त्रालयमा विषय विज्ञका रूपमा नियुक्त गरिएको छ,’ पौडेलले सिंहदरबारसँग भने ।

Citizen Life
Kumar Bank
Nepal Life

पौडेलले सोमबारदेखि मन्त्रालयमा हाजिर गरेका छन् । १ वर्षअघि महाप्रबन्धक नियुक्ति पाएका पौडेललाई बर्खास्ती नगरेर मन्त्रालयमा पदस्थापन गरिएको हो ।

६ वटा जहाज उडाउन १४ सय कर्मचारी थुपारेपछि निगम कसरी चल्छ ?

पौडेलमाथि निगम निजीकरण गर्न लागेको आरोप छ । पौडेलले भने निगमलाई निजीकरण गर्न नखोजिएको स्पष्ट पारेका थिए । कम्तिमा ५१ प्रतिशत नेपाल सरकारको संस्थापक सेयर रहने सुनिश्चितता हुनेगरी पुनर्संरचना गर्न प्रबन्धपत्र नियमावलीको ड्राफ्ट मात्र बनाइएको थियो । निगमको कुनै सञ्चालक समितीबाट पास गरिएको थिएन न त सरकारले यसमा कुनै निर्णय गरेको थियो ।

निगम सुधारको योजना बनाउँदै गर्दा पौडेलमाथि कर्मचारी खनिएका थिए । राष्ट्रको गौरव राष्ट्रिय ध्वजाबाहक निगम अहिलेको जस्तो आर्थिक र व्यवस्थापकीय जर्जरताबाट चल्न नसक्ने पौडेलले अडान लिँदै आएका थिए ।

वायुसेवा निगम निजीकरण विवादः महाप्रबन्धक पौडेलले सार्वजनिक गरे १० बुँदे तथ्य

‘सुधार नचाहने’ कर्मचारीलाई महाप्रबन्धको प्रश्न : जनताले तिरेको करबाट तलब खाएको हेक्का छ नि ?

 

“कार्यकारी जिम्मेवारी लिएर निगम सुधारको योजनासहित अघि बढें,” पौडेलले भने, “तर, योजना फत्ते गर्न सकिनँ ।” पौडेल पेशाले चार्टर्ड एकाएन्टेन्ट हुन् ।

सरकार फेरिएसँगै निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त भएका छन् । त्यसयता पौडेल अधिकारबिहीन बनेका थिए ।

७८ दिनदेखि अस्तव्यस्त राष्ट्रिय ध्वजा वाहक नेपाल वायुसेवा निगम

बायुसेवा निगमका कर्मचारीले २ महिनापछि पाए ३० करोड तलब, हाजिरै नगरि आन्दोलन गर्ने पनि छुटेनन्

दुईवटा नेतृत्व भएपछि पौडेल मन्त्रालय तानिएका हुन् भने कर्मचारीले माग मन्त्री आलेले पुरा गरिदिएका छन् । मन्त्री बनेलगत्तै आलेले पौडेललाई जिम्मेवारीबाट हटाउने सहमति कर्मचारीसँग गरेका थिए ।

तर, कर्मचारीहरू नेतृत्वमा अधिकारीको नियुक्तिलाई लिएर खुसी छैनन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्