Shikhar Insurance

बाइडेनले एक ट्रिलियन अमेरिकी डलरको विकास निर्माण कानुनमा हस्ताक्षर गरे

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ३०, मंगलवार १६:५७
NIMB
Nabil Bank

एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेनले एक ट्रिलियन अमेरिकी डलर बराबरको पूर्वाधार विकास निर्माणसम्बन्धी विद्येयकमा हस्ताक्षर गरेका छन् । ह्वाइट हाउसमा सोमबार आयोजित हस्ताक्षर कार्यक्रमपछि अमेरिकी कंग्रेसमा डेमोक्रेट र रिपब्लिकनबीच रहेको दुरी अब कम हुने आशा गरिएको छ ।

यो रकमले अमेरिकामा हाल रहेका कमजोर र जिर्ण बनेका संरचना पुनः निर्माण, ग्रामीण भेगका लाखौं व्यक्तिसम्म ब्रोडब्याण्ड इन्टरनेट विस्तार गरिनेछ । जसका कारण स्थानीय स्तरमा रोजगारी सिर्जना हुने विश्वास गरिएको छ । हस्ताक्षर कार्यक्रम ह्वाइट हाउसको दक्षिण क्षेत्रको चौरमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा दुवै पार्टीका सांसदहरू उपस्थित थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

बाइडेन अमेरिकी राष्ट्रपति भएसँगै यहाँ बेरोजगारीको दर बढीरहेको छ । यो हस्ताक्षरसँगै अब रोजगारी सिर्जना हुने विश्वास गरिएको छ । उक्त अवसरमा राष्ट्रपति बाइडेनले भने, ‘अब दुवै पार्टी एकै ठाउँमा उभिएर परिणम दिनेतर्फ लाग्नुपर्छ ।’ उनले यो हस्ताक्षरलाई अमेरिका पुनःनिर्माणको ‘ब्लुप्रिट करार दिएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्