Shikhar Insurance

चाडपर्वको मुखैमा ७.६ प्रतिशतले घट्यो रेमिट्यान्स, ३ महिनामै ६६ हजार विदेशीए

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ३०, मंगलवार १८:५९
NIMB
Nabil Bank

काठमाडौं । चाडपर्वको मुखैमा विप्रेषणमा कमी आएको छ । आर्थिक वर्षको ३ महिनामा रेमिट्यान्स गत वर्माषभन्दा ७.६ प्रतिशतले कमि आई २३९ अर्ब ३२ करोड कायम भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.७ प्रतिशतले कमी आई २ अर्ब २ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले बढेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस आर्थिक वर्षको ३ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ६६ हजार ३१६ जना पुगेका छन्। अघिल्लो वर्षको ३ अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ९६.८ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या आर्थिक वर्षकोे ३ महिनामा उल्लेख्य रुपमा वृद्धि भई ३४ हजार ८२३ जनाले पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.६ प्रतिशतले घटेको थियो ।

विगत ३ महिनामा खुद ट्रान्सफर ८.१ प्रतिशतले कमी आई २६३ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १०.२ प्रतिशतले बढेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्