Shikhar Insurance

दर्जन बढी वाणिज्य बैंकको ‘सीडी’ले सीमा नाघ्यो, इन्भेष्मेण्टले ९६ कटाउँदा कसको कति ? (सूची)

सिंहदरबार संवाददाता
२०७८ मंसिर १, बुधबार २०:११
NIMB
Nabil Bank

काठमाडौं । दर्जन बढी वाणिज्य बैंकले कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । यी बैंकले तोकिएको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमा कटाएपछि यी बैंकले नयाँ कर्जा रोकेका हुन् ।

सिंहदरबारलाई प्राप्त तथ्यांकअनुसार कात्तिक मसान्तसम्म दर्जन बढी बैंकको सीडी रेसियो सीमाभन्दा माथि छ ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्र बैंकले चालु आर्थिक मौद्रिक नीतिमार्फत् यसअघि लागू ८५ प्रतिशतको कर्जा–पुँजी–निक्षेप (सीसीडी) रेसियोलाई खारेज गरी ९० प्रतिशतको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) लागू गरेको हो ।

तथ्यांकअनुसार कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो नै ९०.३७ प्रतिशत कायम छ ।

सो अवधिमा १३ वटा वाणिज्य बैंकको सीडी रेसियो ९० प्रतिशतमाथि छ । सीमा कटाएका बैंकहरुमध्ये पनि नेपाल इन्भेष्टमेण्ट बैंकको सीडी रेसियो ६७.५० प्रतिशत पुगेको छ । बैंकले थप निक्षेप संकलन नै नगरी पास भइसकेको कर्जा भुक्तान गर्दा सीडी शतप्रतिशतको हाराहारीमा पुगेको हो ।

कात्तिक मसान्तसम्म कृषि विकास बैंकको ९४.९८ प्रतिशत, कुमारी बैंकको ९३.९० प्रतिशत, नेपाल एसबीआई बैंकको सीडी रेसियो ९३.५६ प्रतिशत र सिटिजन्स बैंकको ९२.४३ प्रतिशत सीडी रेसियो कायम छ ।

सो अवधिमा ग्लोबल आइएमई, प्राइम, बैंक अफ काठमाण्डू, मेगा र सिभिल बैंकले ९१ प्रतिशत बढी सीडी रेसियो कायम गरेका थिए । साथै, एनसीसी, नेपाल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको सीडी रेसियो ९० प्रतिशत बढी छ ।

यस्तै, ६ वटा बैंकको सीडी ८९ भन्दा बढी छन् भने ८ वटाको ८८ प्रतिशतभन्दा कम छ । सबैभन्दा कम सीडी प्रभु बैंकको छ ।

सीडी ९० कटेपछि के हुन्छ ?
सीडी रेसियो ९० प्रतिशत कटेका बैंकहरुले थप कर्जा दिन नसक्ने राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकाल बताउँछन् ।

‘राष्ट्र बैंकले बैंकहरुको दैनिक सीडी रेसियोे हेरिरहेको हुन्छ । अहिले निगरानीमात्र गरेपनि तोकिएको समयमा बैंकहरुले सीमामा सीडी कायम गर्नु नै पर्छ,’ प्रवक्ता ढकालले सिंहदरबारसँग भने, ‘महिनाको अन्त्यमा भने अघिल्लो महिनाकोभन्दा केही प्रतिशत सीडी रेसियो बैंकहरुले घटाउनु नै पर्छ ।’

क्रमिक रुपमा घटाउँदै नजाने बैंकलाई ०७९ असार मसान्तमा एकैपटक ९० प्रतिशत कायम गर्ने समस्या हुने उनको भनाइ छ ।

‘अहिले सीडी रेसियो सीमाभन्दा बढी भएका बैंकहरुले थप कर्जा दिन सक्दैन’, उनले थपे, ‘जसका लागि थप स्रोत संकलन गर्न आवश्यक छ ।’

सीडी रेसियो ९० प्रतिशतमाथि भएका बैंकहरुले स्रोत तथा दायित्व व्यवस्थापनमा ध्यान दिएर थप स्रोत संकलन गरेरमात्र नयाँ कर्जा प्रवाह गर्न सक्ने उनको भनाई छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्