Shikhar Insurance

सेयर धितोमा १ खर्ब बढी कर्जा जाँदा राष्ट्र बैंकको निर्देशनले फिर्ता ल्यायो साढे ४ अर्ब

दिलु कार्की
२०७८ मंसिर २, बिहीबार १५:२०
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्र बैंकले निर्देशन दिएपछि बैंक तथा वित्त कम्पनीले साढे ४ अर्ब रुपैयाँ सेयर धितो कर्जा  लिएका छन् । १ खर्ब रुपैयाँभन्दा बढी यस्तो कर्जा प्रवाह गरेका बैंक तथा वित्त कम्पनीले ऋणीबाट धमाधम फिर्ता लिन थालेका हुन् ।

नेपाल राष्ट्र बैंकले प्रवाह भएका सेयर धितो कर्जालाई एक वर्षभित्र तोकिएको सीमामा ल्याउन निर्देशन दिए पछि बैंक तथा वित्त कम्पनीले २ महिनामै ४ अर्ब ५९ करोड ७२ लाख रुपैयाँ फिर्ता लिएको र तथ्यांकले देखाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

केन्द्रीय बैंकले गत साउन २९ गते मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा नयाँ व्यवस्था गरेको थियो । जसअनुसार बैंक तथा वित्त कम्पनीबाट एक जना ऋणीले सेयर धितो मूल्याङ्कनमा ४ करोड रुपैयाँ र सम्पूर्ण बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँ मात्र कर्जा लिन पाउँछन् ।

यदी बैंक तथा वित्त कम्पनीले राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी सेयर धितोमा कर्जा दिएको भए २०७८ साउन २९ मा सीमामा ल्याइसक्नु पर्ने हुन्छ । यद्यपि तोकिएको सीमाभन्दा कम कर्जा दिएका बैंकहरुले भने धितो मुल्यांकनको आधारमा थप सेयर कर्जा दिन पाउछन् ।

सोहीअनुसार सीमाभन्दा बाहिर सेयर धितो कर्जा दिएका बैंक तथा वित्त कम्पनीले क्रमशः कर्जा फिर्ता लिइरहेका छन् । तर, सीमाभन्दा कम कर्जा दिएकाहरुले बैंक वित्त कम्पनीहरुले भने राष्ट्र बैंकको निर्देशन पछि समेत कर्जा थप गरेका छन् ।

राष्ट्र बैंकले सेयर धितोमा नयाँ व्यवस्था गर्दासम्म अर्थात् २०७८ साउन मसान्तसम्म बैंक तथा वित्त कम्पनीले १ खर्ब ८ अर्ब ५१ करोड १५ लाख रुपैयाँ सेयर धितोमा कर्जा दिएका थिए । बैंक तथा वित्त कम्पनीले केन्द्रीय बैंकले गरेको नयाँ व्यवस्थाको कार्यान्वयन गर्दै भदौ र असोज महिनामा गरी साढे ४ अर्ब रुपैयाँ बढी कर्जा फिर्ता लिएका हुन् ।

राष्ट्र बैंकको सेयर धितो कर्जाबारे नयाँ नीतिपछि बैंक तथा वित्त कम्पनीले २ महिनामै ४.४२ प्रतिशतले सेयर धितोमा जाने कर्जा घटाएका हुन् ।

साउन मसान्तसम्म प्रवाहित सेयर धितो कर्जाको तुलनामा असोज मसान्तसम्म वाणिज्य बैंकले यस्तो कर्जा ३ अर्ब ८७ करोड ८९ लाख, विकास बैंकहरुले ६५ करोड ९५ लाख र वित्त कम्पनीहरुले ५ करोड ८८ लाख रुपैयाँले घटाएका हुन् ।

१६ वाणिज्य बैंकले सेयर धितो राखेर दिएको कर्जा फिर्ता लिँदै गर्दा ९ वटाले थपे

साउन मसान्तसम्म वाणिज्य बैंकहरुले ९२ अर्ब ८ करोड ५० लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका थिए । जसलाई घटाएर असोज मसान्तमा ८८ अर्ब २० करोड ६० लाख रुपैयाँ कायम गरेका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये नेपाल एसबीआई र स्ट्याण्डर्ड चार्टर्ड बैंकले यस्तो कर्जा प्रवाह नगर्ने तथ्यांकले देखाउँछ ।

सेयर धितोमा कर्जा प्रवाह गर्ने वाणिज्य बैंकहरुमा असोज मसान्तसम्म सबैभन्दा बढी ग्लोबल आइएमई र सबैभन्दा थोरै कृषि विकास बैंकले प्रवाह गरेका छन् ।

ग्लोबल आइएमईले असोज मसान्तसम्म ७ अर्ब ९१ करोड ५४ लाख रुपैयाँ र कृषि विकास बैंकले ६१ करोड ३९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । ग्लोबल पछि नबिल बैंकले ७ अर्ब १९ करोड रुपैयाँ सेयर धितो लिएर कर्जा प्रवाह गरेको छ ।

यसबाहेक ११ वटा बैंकले ३ अर्ब रुपैयाँदेखि ६ अर्ब रुपैयाँसम्म, अरू ११ ले १ अर्ब रुपैयाँदेखि ३ अर्ब रुपैयाँसम्म सेयर धितोमा कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकले साउन २९ गते चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् सेयर धितो कर्जा तोकिएको सीमामा ल्याउन भनेपछि १६ वटा बैंकले घटाएका छन् । बाँकी ९ वटा वाणिज्य बैंकले भने साउन मसान्तमा दिएको कर्जामा असोज मसान्तसम्म थप गरेका छन् ।

साउन मसान्तमा दिएको सेयर धितो कर्जामा सबैभन्दा बढी सिद्धार्थ बैंकले र सबैभन्दा थोरै सानिमा बैंकले घटाएका हुन् ।

२ महिनामा सिद्धार्थले १ अर्ब २० करोड ३९ लाख रुपैयाँले घटाएर ५ अर्ब ११ करोड १३ लाख रुपैयाँ र सानिमा बैंकले ६ करोड रुपैयाँले घटाएर २ अर्ब ८ करोड ५७ लाख रुपैयाँ कायम गरेका हुन् ।

सिद्धार्थपछि सबैभन्दा बढी सेयर धितो कर्जा घटाउने बैंक एनआइसी एशिया हो । बैंकले भदौ र असोज महिनामा १ अर्ब २ करोड ४८ लाख रुपैयाँ घटाएर ३ अर्ब ५७ करोड ५६ लाख रुपैयाँ कायम गरेको छ ।

यसबाहेक ८ वटा बैंकले ३ अर्ब रुपैयाँदेखि ८ अर्ब रुपैयाँसम्म र ६ वटाले ३ अर्ब रुपैयाँभन्दा कम सेयर धितो कर्जा घटाएका हुन् ।

साउनयता असोज मसान्तसम्म सेयर धितो थप गर्नेमा ९ वटा वाणिज्य बैंक छन् । जसमा सबैभन्दा बढी नबिलले र सबैभन्दा थोरै कुमारी बैंकले थप गरेको छ । २ महिनामा नबिल बैंकले ८५ करोड ३२ लाख रुपैयाँ र कुमारी बैंकले ५ करोड ७७ लाख रुपैयाँले सेयर धितो कर्जा थप गरेका हुन् ।

 

विकास बैंकहरुले २ महिनामा लिए ६६ करोड फिर्ता, सबैभन्दा बढी मुक्तिनाथले

विकास बैंकहरुले साउन मसान्तसम्म १३ अर्ब २४ करोड ३० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । असोजमसान्तमा आइपुग्दा यस्तो  कर्जा ४.९८ प्रतिशतले घटाएर १२ अर्ब ५८ करोड ३५ लाख रुपैयाँमा सीमित गरेका छन् । सञ्चालनमा रहेका १८ विकास बैंकहरुमध्ये १२ वटाले मात्र सेयर धितो लिएर कर्जा प्रवाह गर्छन् ।

यस्तो कर्जा दिने विकास बैंकहरुमध्ये असोज मसान्तसम्म सबैभन्दा बढी मुक्तिनाथले र सबैभन्दा कम ग्रिन डेभलपमेन्ट बैंकले प्रवाह गरेका छन् । सो अवधिमा सेयर धितोमा मुक्तिनाथले २ अर्ब २७ करोड ११ लाख रुपैयाँ र ग्रिन डेभलपमेन्टले २८ लाख रुपैयाँ कर्जा दिएका हुन् ।

राष्ट्र बैंकले सेयर धितो कर्जा तोकिएको सीमामा ल्याउन भनेपछि २ महिनामा ८ वटा विकास बैंकले ४ करोड रुपैयाँदेखि २९ करोड रुपैयाँसम्म घटाएका छन् । जसमा सबैभन्दा बढी मुक्तिनाथले २८ करोड ३८ लाख रुपैयाँ र सबैभन्दा थोरै कामना सेवा विकास बैंकले ४ करोड ४६ लाख रुपैयाँले घटाएको हो । सो अवधिमा सिन्धु विकास, साइन रेसुङ्गा र सप्तकोशी विकास बैंकले भने यस्तो कर्जा थप गरेका छन् ।

फाइनान्स कम्पनीले लिए पौने ६ करोड कर्जा फिर्ता

२ महिनामा फाइनान्स कम्पनीहरुले पौने ६ करोड रुपैयाँ सेयर धितोमा जाने कर्जा फिर्ता लिएका छन् । साउन मसान्तसम्म ३ अर्ब १८ करोड ३५ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका फाइनान्स कम्पनीहरुले असोज मसान्तमा १.८५ प्रतिशतले घटाएर ३ अर्ब १२ करोड ४७ लाख रुपैयाँमा सीमित गरेका हुन् । सञ्चालनमा रहेका १७ फाइनान्स कम्पनीमा १४ वटाले मात्र सेयर धितोमा कर्जा दिने गरेका छन् ।

सेयर धितोमा कर्जा प्रवाह गर्नेमा कम्पनीहरुमा सबैभन्दा बढी मञ्जुश्री र सबैभन्दा थोरै सेन्ट्रल फाइनान्स रहेको छ । मञ्जुश्रीले गत साउनको भन्दा सेयर धितोकर्जा ५ करोड ८३ लाख रुपैयाँले थप गरी असोजमा ५० करोड ३५ लाख रुपैयाँ पुर्‍याएको छ ।

राष्ट्र बैंकको निर्देशन पश्चात सेयर धितो कर्जा प्रवाह गर्ने फाइनान्स कम्पनीहरुमा ६ वटाले यस्तो कर्जा घटाएका छन् तर ८ वटाले भने थप गरेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्