राष्ट्र बैंकको नियमन कुल्चिँदै वाणिज्य बैंक, सीडी कार्यान्वयनमा यसरी खोजिँदैछ ‘लुपहोल’

काठमाडौं । बैंकहरु राष्ट्र बैंकको निर्देशनलाई वेवास्ता व्यवसाय गरिरहेको पाइएको छ । केन्द्रीय बैंकले दिएको नीति निर्देशनमा ‘लुपहोल’ (नीतिगत छिद्र) खोजी नियमन कुल्चिएर वाणिज्य बैंकहरुले व्यवसाय गरेका हुन् । राष्ट्र बैंकले २०७८ साउन २९ गते चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गर्दै ९० प्रतिशतको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) लागु गरेको छ । सोअघि कार्यान्वयनमा रहेको ८५ प्रतिशतको पुँजी–कर्जा–निक्षेप (सीसीडी रेसियो) खारेज सीडी रेसियो लागु गरेको हो । बैंकहरुले तोकिएको सीडीको सीमा कायम गर्दै व्यवसाय गर्नु पर्ने राष्ट्र बैंकको निर्देशन भएपनि तत्कालका लागि २०८९ असार मसान्तभित्र सीमा कायम गर्ने सहुलियत बैंकहरुले पाएका छन् । तर, केन्द्रीय बैंकले तोकिएको सीमाभन्दा माथि सीडी रेसियो भएका बैंकहरुलाई मासिक रुपमा क्रमिक घटाउन सुझाव दिइरहेको छ । मासिक रुपमा घटाउन भनेका छौंः राष्ट्र बैंक सीडीमा अहिले नै सीमाभन्दा माथि गएका बैंकहरुले तोकिएको समयमा एकै पटक सीमामा ल्याउन समस्या हुने भएकाले क्रमिक रुपमा घटाउन भनिएको राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकाल बताउँछन् । ‘अहिले ९० प्रतिशतभन्दा बढी सीडी रेसियो भएका बैंकहरुले प्रत्येक महिना घटाउँदै जानु पर्छ, हामीले सोही अनुसार बैंकहरुलाई सुझाएका छौँ,’ प्रवक्ता ढकालले सिंहदरबारसँग भने, ‘बैंकहरुले क्रमश सीडी रेसियो घटाउँदै लानु पर्छ, अघिल्लो महिनाभन्दा पछिल्लो महिनामा यस्तो रेसियो बढ्नु हुँदैन ।’ बैंकहरुले सीडी सीमाभन्दा माथि गएपनि पास भइसकेको कर्जा भुक्तान गर्दा सीडी रेसियो घट्नुको सट्टा … Continue reading राष्ट्र बैंकको नियमन कुल्चिँदै वाणिज्य बैंक, सीडी कार्यान्वयनमा यसरी खोजिँदैछ ‘लुपहोल’