Shikhar Insurance

एचआईडीसीएलको ३ वटा चुक्तापुँजी, नेप्से र कम्पनीसँग फरक विवरण हुँदा लगानीकर्ता अन्योलमा

सिंहदरबार संवाददाता
२०७८ मंसिर ५, आईतवार १६:५५
NIMB
Nabil Bank

काठमाडौं । सेयर बजारमा कारोबार हुने कम्पनीको विवरण अद्यावधिक नहुँदा नेप्से परिसूचक नै वास्तविकत देखिँदैन । कम्पनीको वास्तविक चुक्तापुँजी र नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले हिसाब गर्ने चुक्तापुँजी फरक पर्दा नेप्से परिसूचक नै गोलमोल हुने गरेको छ ।

यसो भइरहेको पुष्टि गर्ने एउटा उदाहरण हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) हो ।

Citizen Life
Kumar Bank
Nepal Life

एचआईडीसीएलले आफ्नो वित्तीय विवरण प्रकाशन गर्दा चुक्तापुँजी १८ अर्ब ३७ करोड ७० करोड २७ लाख ६ सय रूपैयाँ रहेको उल्लेख गरेको छ । तर, नेपाल स्टक एक्सचेन्जमा कम्पनीको चुक्तापुँजी २२ अर्ब रूपैयाँ देखिन्छ ।

यसो हुँदा बजारको पुँजीकरणसँगै नेप्से परिसूचक नै यथार्थ हुँदैन । वास्तवमा एचआईडीसीएलको ३ वटा चुक्तापुँजी छ जसले लगानीकर्तामा कन्फ्युजन सिर्जना गरिरहेको छ ।

किन यस्तो भयो ? नेप्से परिसूचक पथार्थपरक बन्न यसरी हुँदैछ बञ्चित

एचआईडीसीएलले साउन ५ देखि ११ करोड कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । तर, साउन २५ गतेसम्म पनि संस्थापकतर्फ ३ करोड ३० लाख कित्ता र सर्वसाधारणतर्फ ३२ लाख २९ हजार ७ सय २४ कित्ता सेयरमा आवेदन परेन ।

अर्थात् कम्पनीले ७ अर्ब २७ करोड रूपैयाँमात्र पुँजी उठाउन सक्यो । पछि सर्वसाधारणतर्फ ३२ लाख २९ हजार ७ सय २४ कित्ता सेयर बोलकबोलमार्फत बिक्री भयो, संस्थापकतर्फको सेयर अझै बिकेको छैन ।

तर, कम्पनीले नेपाल स्टक एस्क्चेन्ज (नेप्से)लाई १:१ बराबर हकप्रद जारी गर्ने पत्र काटिसकेको थियो । अर्थात् नेप्सेले ११ अर्ब रहेको चुक्तापुँजी दोब्बर भएको बुझेको छ ।

पहिलो चुक्तापुँजीः नेप्सेका अनुसार कम्पनीको चुक्तापुँजी २२ अर्ब रूपैयाँ हो । कम्पनीले १ बराबर १ को हकप्रद घोषणा गरेको थियो ।

नेप्सेले सोही आधारमा चुक्तापुँजी २२ अर्ब हिसाब गरेको छ र आइतबारको बजार मुल्य अनुसार कम्पनीको पुँजीकरण ६९ अर्ब ३० करोड रूपैयाँ कायम भएको छ ।

कम्पनीका अनुसार खास चुक्तापुँजी १८ अर्ब ३७ करोड ७० लाख २७ हजार ६ सय रूपैयाँ मात्र हो । कम्पनीले आफ्नो पहिलो त्रैमासको वित्तीय विवरणमा यति रहेको उल्लेख गरेको छ ।

दोस्रो चुक्तापुँजीः कम्पनीको वित्तीय विवरणअनुसार कम्पनीको चुक्तापुँजी १८ अर्ब ३७ करोड ७० लाख रूपैयाँ हो । कम्पनीको ३ करोड ३० लाख कित्ता संस्थापक र ३२ लाख ३० हजार कित्ता साधारण सेयरमा हकप्रद आवेदन परेको थिएन ।

यता एचआईडीसीएलले चुक्तापुँजी १८ अर्ब ७० करोड रूपैयाँ मानेर गत आर्थिक वर्षसम्मको लाभांश घोषणा गरेको छ । कम्पनीले चुक्तापुँजीको ८ प्रतिशत अर्थात् १ अर्ब ४९ करोड ६० लाख रूपैयाँ बराबरको बोनस सेयर दिने घोषणा गरिसकेको हो ।

तेस्रो चुक्तापुँजीः कम्पनीले ८ प्रतिशत बोनस सेयर दिने घोषणा गर्दा चुक्तापुँजी १८ अर्ब ७० करोड मानेको छ । बोनस सेयर घोषणा गर्दा आवेदन नपरेको कम्पनीको साधारण सेयर लिलाममार्फत विक्री भइसकेको थियो ।

वित्तीय विववरण अनुसार चुक्तापुँजी मान्ने हो भने आइतबारको बजार मूल्य प्रतिकित्ता ३ सय १५ रूपैयाँ अनुसार कम्पनीको पुँजीकरण ५७ अर्ब ८८ करोड ७६ लाख ३६ हजार ९ सय ४० रूपैयाँमात्र हुनुपर्ने हो ।

अर्थात् कम्पनीको वास्तविक चुक्तापुँजी नेप्सेले मानेको चुक्तापुँजी फरक पर्दा बजार पुँजीकरण नै ११ अर्ब ४१ करोड २४ लाख रूपैयाँ फरक परेको छ ।

आइतबार कायम नयाँ बजार पुँजीकरण ३८ खर्ब ७८ अर्ब ४९ करोड रूपैयाँ हो । जसमा एचआईडीसीएलको बढी हिसाब घटाउने हो भने वास्तविक बजार पुँजीकरण ३८ खर्ब ६७ अर्ब ३० करोड रूपैयाँमात्र हुन आउँछ । एचआईडीसीएलको बढी पुँजीकरण कुल पुँजीकरणको ०.२९४१ प्रतिशत हो ।

यही आधारमा नेप्सेपरिसूचक गणना गर्ने हो भने आइतबार वास्तवमा ८.११ अंक कम देखिनुपर्ने हो । आइतबार नेप्से २७५७.५३ अंकमा बन्द भएको छ । अर्थात् सोही बेसक्यापमा हिसाब गर्दा आइतबारको वास्तविक इन्डेक्स २७४९.४२ अंक मात्र हो ।

किन वास्तविक चुक्तापुँजी राखेन नेप्सेले ?

नेप्सेका अनुसार नेप्सेलाई कम्पनीको सेयर संख्या (चुक्तापुँजी) बारे आएको औपचारिक जानकारी १ बराबर १ को हकप्रद जारी गर्न लागेको भन्ने हो । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार राइट इस्युको बुक क्लोज मितिलाई आधार मानेर १ बराबर १ को अनुपातमा हकप्रद जारी गरेको हामीलाई जानकारी गराइएको छ ।

“बजार पुँजीकरण र इन्डेक्स गणना प्रयोजनका लागि जुन अनुपातमा हकप्रद जारी गरिएको हो, त्यसैलाई आधार मानेर पुँजीकरण हिसाब गरेका राखेका छौं,” नेप्से प्रवक्ता पराजुलीले सिंहदरबारसँग भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्