Shikhar Insurance

देश विकासका लागि एमसीसी पारित गर्नै पर्छ, विरोध त देखावटी राष्ट्रवाद मात्र होः शेखर गोल्छा

सिंहदरबार संवाददाता
२०७८ मंसिर ८, बुधबार १८:००
NIMB
Nabil Bank

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध नगरी समर्थन गर्दै पारित गर्न सरकारलाई प्रेरित गर्नुपर्ने मत व्यवसायीहरुले व्यक्त गरेका छन् । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले देश विकासका लागि एमसीसी पारित हुनैपर्ने बताएका हुन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको आर्थिक पुरुत्थानका लागि सार्वजनिक निजी साझेदारी विषयक अन्तरक्रियामा बोल्दै गोल्छाने देशको समृद्धि चाहनेले एमसीसीको विरोध नगरेर समर्थन गर्नुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘मैले एफएनसीसीआईको नेतृत्व दिँदै गर्दा देशको समृद्धिको सपथ लिएको थिएँ । साथीहरु तिमीले एमसीसीको सपोर्ट किन गरेको ? भनेर प्रश्न गर्छन्,’ कार्यक्रममा अध्यक्ष गोल्छाले भने, ‘मुलुकको आर्थिक समृद्धिको लागि एमसीसी सही छ र यो आउनै पर्छ भन्ने मेरो जवाफ हो । अहिले पनि हामीले एमसीसी पारित गर्न निरुत्साहित गर्ने हो भने हामीलाई ठूलो घाटा हुन्छ ।’

उनको तर्कअनुसार एमसीसीको विरोध भनेको राष्ट्रवाद तर्फ मात्र गएर देशको आर्थिक गतिविधि र मुलुकको समृद्धिलाई नै संकुचित बनाउने काम हो ।

राष्ट्र बैंकको कुशल तरलता व्यवस्थापनले कोरोना संक्रमणले थलिएको अर्थतन्त्रलाई पुनरुत्थानमार्फत् पार लगाएको उनको भनाइ छ । तर, अहिले तरलता संकुचनको समस्या चरम सीमामा पुगेको हुँदा मुलुकको समृद्धिको लागि जनताले विदेशी सहायताको विषयमा सोच्नु नै पर्ने आवश्यकता उनले औंल्याएका थिए ।

कोरोना संक्रमणको थलिएको क्षेत्रलाई राष्ट्र बैंकको कुशल नियामकीय तथा तरलता व्यवस्थापनले ८० प्रतिशत रिभाइभ गराएको भएपनि ५ वटा क्षेत्र अझै समस्यामा रहेको उनले जानकारी गराए । उनका अनुसार पयर्टन, मिडिया र साना तथा मझौला उद्याम व्यवसाय अझै पनि समस्याग्रस्त अवस्थामा छन् । यो क्षेत्रको पुनरुत्थानको लागि सरकारले स्टिमुलस प्याकेज ल्याउन पर्ने हुँदा यसका लागि पनि विदेशी सहायता आउन दिनु पर्ने उनको तर्फ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्