Shikhar Insurance

महालक्ष्मी विकास बैंकका लगानीकर्तालाई २१.०५२६ प्रतिशतको बम्बर लाभांश, बोनस र नगद कति ?

सिंहदरबार संवाददाता
२०७८ मंसिर १३, सोमबार १०:२५
NIMB
Nabil Bank

काठमाडौं । महालक्ष्मी विकास बैंकका लगानीकर्ताले २१.०५२६ प्रतिशत लाभांश पाउने भएका छन् । बैंकको ५०४ औं सञ्चालक समिति बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि आफ्ना लगानीकर्तालाई सो मात्रामा लाभांश दिने निर्णय गरेको हो ।

महालक्ष्मीले २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो । ३ अर्ब ३४ करोड २४ लाख २ हजार ७ सय २४ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले ७० करोड ३६ लाख ६३ हजार ७ सय ३२ रुपैयाँ बराबारको लाभांश प्रस्ताव गरेको हो ।
जसमध्ये चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ६६ करोड ८४ लाख ८० हजार ५ सय ४५ रुपैयाँ बराबरको बोनस सेयर हुनेछ । चुक्ता पुँजीको १.०५२६ प्रतिशतले हुने ३ करोड ५१ लाख ८३ हजार एक सय ८७ रुपैँया बराबरको नगद लाभांश(कर प्रयोजनका लागि) हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

गत आवमा ९.३ प्रतिशत मात्रै लाभांश दिएको बैंकले यसपाली आफ्नो इतिहासकै सर्वाधिक लाभांश प्रस्ताव गरेको प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले सिंहदरबारलाई जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्