Shikhar Insurance

बैंकले गरे १५ सय बढी शंकास्पद कारोबार, १२% लाई कारवाही

सिंहदरबार संवाददाता
२०७८ मंसिर १३, सोमबार १७:५८
NIMB
Nabil Bank

काठमाडौं । नेपालका बैंक तथा वित्त कम्पनीहरुले वर्षभर १५ सय बढी शंकास्पद कारोबार गरेको पाइएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन बैंकहरुले एक वर्षमा १५ सय ३३ वटा शंकास्पद कारोबार गरेको तथ्य सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ सालको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदन सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण सम्बन्धी रिपोर्टिङ्ग प्रणाली (गोएएमल)मा रिपोर्टिङ गरिएका कारोबारको आधारमा शंकास्पद कारोबारको विवरण राष्ट्र बैंकले सार्वजनिक गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रतिवेदनअनुसार गत आवमा बैंक तथा वित्त कम्पनीले कुल १९ लाख ९९ हजार ४६ वटा कारोबार गोएएमएलमा रिपोर्टिङ गरेका थिए । गोएएमएलमा बैंक तथा वित्त कम्पनीले १० लाख रुपैयाँभन्दा माथिको कारोबारको रिपोर्टिङ राष्ट्र बैंकमा अनिवार्य गर्नु पर्छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई २०७६ साल माघ १ देखि र विकास बैंक र वित्त कम्पनीहरुलाई २०७७ साल माघ १ गतेदेखि गोएएमलमा पूर्ण रुपमा आवद्ध गराइसकेको छ । पेश गर्नुपर्ने सीमा तथा शंकास्पद कारोबारको प्रतिवेदन गोएएमलमार्फत रिपोर्टिङ हुँदै आएको छ ।

रिपोर्टिङ भएकामध्ये देखिएका शंकास्पद कारोबारमध्ये १२.४ प्रतिशत अर्थात् १९२ कारोबार छानबिनको क्रममा कारवाहीमा समेत परेका छन् ।

गोएएमइलमा शंकास्पद देखिएका कारोबारमध्ये राष्ट्र बैंकले छानबिन गर्दा ६४० वटा शंकास्पद कारोबारको विश्लेषण गरेको छ ।

साथै, ४४८ शंकास्पद कारोबारको अभिलेखिकरण र १९२ वटा शंकास्पद कारोबारको विश्लेषणको निश्कर्ष प्रवाह गरिएको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्