Shikhar Insurance

राष्ट्र बैंकको नयाँ सर्कुलरः चाँदीमा कोटा, एनआरएनको निक्षेपलाई सहजीकरण

सिंहदरबार संवाददाता
२०७८ मंसिर १३, सोमबार २०:३७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात नियमन गर्दै नयाँ सकुर्लर जारी गरेको छ । केन्द्रीय बैंक मौद्रिक नीति समीक्षामा उल्लेखित व्यवस्थालाई कार्यान्वयनका लागि आयातलाई नियन्त्रण गर्ने सकुर्लर जारी गरेको हो ।

हालसम्म चाँदीमा नलगाइएको कोटा सिस्टम राष्ट्र बैंकले नयाँ सकुर्लरमार्फत् लगाएको छ । जारी सकुर्लर अनुसार अब चाँदीको एक पटकमा ३५ हजार अमेरिकी डलरबराबरको मात्र आयात गर्न पाइनेछ । बैंक ग्यारेन्टिमार्फत् हुने यस्तो आयात चाँदी व्यवसायीले, हस्तकला व्यवसायीले गरगहना वा अन्य वस्तु निर्माण गरी निर्यात गर्ने प्रयोजनका लागि स्वयम् आयात गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, राष्ट्र बैंकले बैंक ग्यारेन्टिमार्फत् गरिने अन्य वस्तुको आयातलाई समेत ५० प्रतिशतले घटाएको छ । यसअघिसम्म डकुमेन्ट एगेन्स्ट पेमेन्टमा १ लाख अमेरिकी डलरसम्म आयात गर्न पाइन्थ्यो । त्यसलाई घटाएर राष्ट्र बैंकले ५० हजार अमेरिकी डलरमा सिमित गरेको छ ।

यस्तै, राष्ट्र बैंकले विद्यमान तरलता संकटको समस्या सामाधान गर्न विदेशी मुद्राको निक्षेप भित्र्याउने नीतिमा समेत सहजीकरण गरेको छ । केन्द्रीय बैंकले यस अघिसम्म गैर आवासीय नेपालीले न्यूनतम १० हजार अमेरिकी डलरमा न्यूनतम २ वर्षको लागिमात्र मुद्दती खाता खोल्न पाउने सीमालाई संशोधन गरेको हो । जसअनुसार अब नेपालका बैंकमा गैर आवसिय नेपालीले कम्तीमा १ वर्षको लागि ५ हजार अमेरिकी डलरमै खाता खोल्न पाउँछन् । यस्तै उनीहरुले साधारण बचत खाता पनि खोल्न पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्