नाडा अध्यक्ष प्रत्यासी करण चौधरीको प्यानल घोषणा, चन्द्र ढकालका छोरासमेत कोको छन् टिममा ?

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष करण चौधरीले आफ्नो प्यानल घोषणा गरेका छन् । आगामी कार्यकालका निमित्त अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका चौधरीले टिम बनाएका हुन् । चौधरीको प्यानलमा अभिक ज्योति, अनुप बराल,सुरेन्द्र उप्रेती, राजनबाबू श्रेष्ठ, देवराज भण्डारीलगायत छन् । चौधरीको टिममा व्यवसायी चन्द्र ढकालका छोरा निसान ढकालसमेत छन् । चौधरीलाई टाटाको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङको साथले बलियो मानिएको छ ।