करण चौधरीको पक्षमा बन्यो बलियो टिमः सिप्रदीदेखि चन्द्र ढकालको साथ

काठमाडौं । अटोमोबाइल्स साहूहरुको छाता संगठन नाडाको आसन्न निर्वाचनका लागि अध्यक्षका प्रत्यासी करण चौधरीले आफ्नो प्यानल घोषणा गरेका छन् । सिप्रदीदेखि व्यवसायी चन्द्र ढकालसम्मको साथ लिएर चौधरी अध्यक्ष चुनावमा होमिएका हुन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औं वार्षिक साधारणसभामार्फत् नयाँ १८ सदस्यित कार्यसमिति चयन हुँदैछ । साधारणसभाले १७ कार्यसमिति सदस्य चयन गर्नेछ । चौधरीले बनाएको टिममा हालको कार्यसमितिको ८० प्रतिशत सदस्यको साथ रहेको दाबी गरिएको छ । प्यानल घोषणा गर्दै अध्यक्षका प्रत्यासी चौधरीले आफूले आफ्नो कम्पनीको नाफाघाटाभन्दा पुरै अटो उद्योगको हीतमा काम गर्ने बताए । मैले अटोमोबाइलको हित विपरित गएर मेरो कम्पनीलाई फाइदा होस् वा नहोस् भनेर कदम चालेको थिएँ भने मैले दावेदारी पेस गर्न मिल्दैन थियो, आगामी दिनमा यस्तो निष्ठालाई निरन्तरता दिनेछु, उनले भने । नाडा अध्यक्ष प्रत्यासी करण चौधरीको प्यानल घोषणा, चन्द्र ढकालका छोरासमेत कोको छन् टिममा ? चौधरीलाई चारपाँग्रेदेखि २ पाँग्रे सवारी बेच्नको साथ छ । टाटाको नेपालका लागि आधिकारिक विक्रेता सिपद्रीदेखि चन्द्र ढकालको आईएमई मोटर्सको साथ छ । चौधरीको टिम उद्योगीमुखी टिम हो । नेपालमा एसेम्बल प्लान्टदेखि, लुब्रिकेन्ट, ब्याट्रीको प्लान्ट स्थापना गरेका र गर्ने तयारीमा रहेकाहरुको साथ छ । उनलाई हालका अध्यक्ष कृष्णप्रसाद दुलालाको पनि साथ छ । कम्पनीको नाम लिँदा सुजुकी, टाटा, महिन्द्रा, फियाट, जेसीबी, स्कोडा, जिप, रेनो, एमजी, यामाहा, हिरो, होण्डा, बजाज, … Continue reading करण चौधरीको पक्षमा बन्यो बलियो टिमः सिप्रदीदेखि चन्द्र ढकालको साथ