Shikhar Insurance

एनएमबि यसरी बन्यो ५ वर्षमा ४ पल्ट ‘बैंक अफ द इयर’ र नेपालको पहिलो एशियाको उत्कृष्ट बैंक

सिंहदरबार संवाददाता
२०७८ मंसिर १५, बुधबार १७:३५
NIMB
Nabil Bank

काठमाडौं । एनएमबि बैंक एशियाको सर्वोत्कृष्ट बैंक बनेको छ । एनएमबि बैंक एशियाको उत्कृष्ट बैंक बन्ने नेपालको पहिलो बैंक हुँदै ५ वर्षमा चौथोपटक बैंक अफ द इयरसमेत बनेको हो ।

द फाईनान्सियल टाइमसकाे द बैंकर म्याकेजिनले १०३ वर्ष अघि देखि विश्वका उत्कृष्ट बैंक अवार्ड प्रदान गर्दै आएको छ । यस्तोमा १३ वर्षको बैंकिङ करियरमा एनएमबी यो स्थानमा पुग्नु गर्वको कुरा भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

अरुको भन्दा फरक ढिलो बाटो तर गन्तव्यमा पुग्ने बाटो एनएमबिले रोजेको केसी बताउँछन् । उनले म्यानेजमेन्ट र ग्राहका विश्वासका कारण यस्तो सफलता पाएको जिकिर गरे । दिगो बैंकिङको बाटो रोज्दै आगामी पुस्ताको लागि बैंकले काम गर्नु पर्ने उनले बताए । हाइड्रोपावरको लगानीमा फोकस, नेपाललाई आत्मा निर्भर बनाउने कुरा, तरलता व्यवस्थापनका लागि विदेशबाट कर्जा ल्याउने पहिलो बैंक एनएमबी हो ।

एशियाकै उत्कृष्ट बैंक बन्यो एनएमबि बैंक, नेपालकै पहिलो

सिंगापुरले नपाएको अवार्ड एनएमबिले पाएको उनको भनाइ छ । “एनएमबिले वर्ल्डको टप बैंकसँग प्रतिस्पर्धा गरेको र दिगो बैंकिङको एजेन्डा लिएकै कारणले नेपालका अन्य बैंक भन्दा पृथक र अघि भएको हो,” उनले भने, “बैंकले ४५ भन्दा बढी हाइड्रो प्रोजेक्टमा लगानी गरेको छ, सिमेन्टमा लगानी गरि मुलुकलाई सिमेन्टमा आत्मानिर्भर बैंकले बनाउन सहयोग गरेको छ ।”

नेपालको बैंकिङ बजार अन्तर्रास्ट्रियस्तरको हुनु पर्ने उनको भनाइ छ । “हामी त्यस्तै अभ्यास गर्दै छौं,” उनले भने, “बैंक थप दीगो हुने उद्देश्य छ ।” यो अवार्डले जिम्मेवारी थपिएको उनको भनाइ छ ।

“एशियाका ४८ मुलुककाे सर्वाेत्कृष्ट बैंक बन्नु सबैकाे जित हाे, बैंक मात्रै हैन नेपाल र नेपाल राष्ट्र बैककाे जित हाे,” केसीले थपे, “आफूभन्दा अघि आएका बैंकहरु भन्दा एनएमबिले दिगो विकासका लागि काम गरेको हुँदा उत्कृष्ट भएको, नेपालको मात्रै नभएर अन्य मुलुकका बैंकलाई पनि पछि पारेको छ ।”

एनएमबीले पाएको अवार्डले मुलुक कै क्रेडिट रेटिङ समेत सहयोग पुग्ने उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्