Shikhar Insurance

पुसभित्रै सबै सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा दिने सरकारको तयारी

सिंहदरबार संवाददाता
२०७८ मंसिर १६, बिहीबार १०:१७
NIMB
Nabil Bank

सिन्धुपाल्चोक । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले पुस महिनाभित्रै देशभरका सबै सुकुम्बासीहरुलाई जग्गाधनी लालपुर्जा वितरण गर्ने बताएकए छिन् । सिन्धुपाल्चोकमा आयोजीक एक कार्यक्रममा मन्त्री श्रेष्ठले मंसिर महिना भित्र सप्तरी र नवलपरासीमा तथा पुस महिना भित्रमा गाउँ ब्लकको अधिंकाश ठाउँमा लालपुर्जा वितरणको काम सम्पन्न गरिसक्ने गरी आफुले काम शुरु गरिसकेको बताएकी हुन् ।

मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएको पैतृक सम्पतिमा महिलाको हक शुनिश्चित गर्न अंशबण्डा गर्दा महिलालाई अनिवार्य उपस्थित गराउनु पर्ने व्यवस्था कार्यान्वयन गर्न देशभरका मालपोत कार्यालयहरुमा व्यवस्था गरिसकिएको पनि जानकारी दिइन् ।

Citizen Life
Kumar Bank
Nepal Life

मन्त्री श्रेष्ठले महिला, दलित सुकुम्वासी, मुक्त हलीया, कमैया र कमलारीको समस्या समाधान गरेर तल्लो तहमा रहेका नागरिकलाई अधिकार सम्पन्न बनाउनु नै आफ्नो पार्टीको उदेश्य रहेकाले आफूले मन्त्रालय संहालेपछि उनीहरुका पक्षमा काम शुरु गरिसकेको पनि बताइन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्