Shikhar Insurance

बर्दिवास, जनकपुर, लाहान र गाईघाटमा “युवासँग महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न

सिंहदरबार संवाददाता
२०७८ मंसिर १६, बिहीबार १३:०३
NIMB
Nabil Bank

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले राष्ट्रिय बीमा जागरण अभियान अन्तर्गत बर्दिवास, जनकपुर, लाहान र गाईघाटमा “युवासँग महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गरेको छ ।

नव छितिज कलेज बर्दिवास मा सुरेन्द्र कुमार चौधरीको अध्यक्षतामा मंसिर १३ गते विहान संचालित कार्यक्रममा ७० जना युवा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । सोही दिन दिउसो जनकपुरको मोडेल मल्टिपल कलेजमा संचालित बीमा जागरण कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिए । कार्यक्रममा १३० विद्यार्थीको सहभागिता रहेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरी मंसिर १४ गते जेएस मुरारका बहुमुखि क्याम्पस लाहानमा क्याम्पसमा १३० जना विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रम आइजना भयो । मंसिर १५ गते त्रियुगा जनता बहुमुखि क्याम्पस गाईघाटमा ५० जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रमको संचालन गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्