Shikhar Insurance

बैंक वित्तीय संस्थाले आफूसँग बढी भएको ट्रेजरी बिल आज राष्ट्र बैंकलाई बिक्री गर्दै

सिंहदरबार संवाददाता
२०७८ मंसिर १६, बिहीबार १३:०५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रूपैयाँको ट्रेजरी बिल ‘सोझै खरिद’ गर्नेभएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो ।

फागुन मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले आज २ बजेसम्म बोलकबोलमा भाग लिन पाउने केन्दीय बैंकले जनाएको छ । बैंकले प्राप्त आवेदनका आधारमा शुक्रबार ट्रेजरी खरिद गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकका अनुसार बैंकिङ प्रणालीमा न्यून तरलताको स्थिति देखिएमा तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण ‘सोझै खरिद’ हो । यो उपकरणको केन्द्रीय बैंकले तोकिएको दिनभित्र भुक्तानी मिति भएका ट्रेजरी बिल इच्छुक बैंक तथा वित्तीय संस्थाबाट बोलकबोल माध्यमबाट खरिद गर्दछ र त्यस बापतको रकमा ती बोलकर्तालाई भुक्तानी गर्ने भएकाले बैंकिङ प्रणालीमा तरलता प्रवाह हुन्छ ।

राष्ट्र बैंकले प्रणालीमा तरलताको चाप पर्दा यस्ता उपकरणको निरन्तर प्रयोग गर्दै आएको छ । बैंक तथा वित्तीय सस्थाले स्थायी तरलता सुविधा, रिपोजस्ता उपकरणको प्रयोग गरिरहे पनि तरलता व्यवस्थापन सहज हुन सकेको छैन । बैंकको औषत कर्जा निक्षेप अनुपात मौद्रिक नीतिले ९० प्रतिशत हुनुपर्ने व्यवस्था गरे पनि बढेर ९० दशमलव ८५ प्रतिशत पुगेको छ । यसले बजारमा लगानीयोग्य रकमको अभार रहेको पुष्टि हुन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्