Shikhar Insurance

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य, ग्यासको बढ्यो, नेपालमा के होला ?

सिंहदरबार संवाददाता
२०७८ मंसिर १६, बिहीबार १४:१६
NIMB
Nabil Bank

काठमाडौं । भारतबाट तेलको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार निमगमलाई पेट्रोल र डिजेल सस्तो पर्ने भएको हो ।

तर, ग्यासको मूल्य भने निकै बढेर आएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

निगम स्रोतका अनुसार अन्तर्राष्ट्रिय बजार भाउ बमोजिम इन्डियन आयल कर्पोरेसनले १५ दिनको बजारको औसत मूल्य पठाएको हो । अब १५ दिन निगमले यही भाउमा तेल किन्नेछ ।

नयाँ मूल्यसूचीअनुसार निगमलाई पेट्रोल ५ रूपैयाँ ६५ पैसा र डिजेल ३ रूपैयाँ सस्तो पर्नेछ । मूल्य समायोजन नहुँदा निगमले पेट्रोलमा अझै १० रूपैयाँ ३५ पैसा र डिजेलमा ७ रूपैयाँ ४४ पैसा घाटा बेहोर्नुपर्नेछ ।

यता एलपी ग्यासको मूल्य झनै बढेर आएको छ । निगमले आउने महिना ग्यासमा प्रतिसिलिन्डर ७ सय ५८ रूपैयाँ घाटा बेहोर्नुपर्ने भएको हो । यसअघिको मूल्यभन्दा नयाँ लागत ९५ रूपैयाँ बढी पर्नेछ ।

नयाँ मूल्यसूचीअनुसार निगमले भारतबाट पेट्रोल प्रतिलिटर १ सय ४६ रूपैयाँ ३५ पैसामा तथा डिजेल १ सय २६ रूपैयाँ ४४ पैसामा तथा ग्यास २३ सय ३३ रूपैयाँ २५ पैसा किन्नेछ ।

काठमाडौंमा यी इन्धनको मूल्य क्रमशः १ सय ३६, १ सय १९ र १५ सय ७५ रूपैयाँ कायम छ ।

लागत घटेपनि निगमलाई १५ दिनमा अझै १ अर्ब ९८ करोड रूपैयाँ घाटा पर्नेछ । यसअघिको मूल्यसूचीअनुसार निगमलाई २ अर्ब ६२ करोड रूपैयाँ घाटा थियो ।

यता सीमावर्ती भारतीय बजारमा पेट्रोल नेपालमा भन्दा ३७ रूपैयाँ ४२ पैसा र डिजेल ३० रूपैयाँ ४५ पैसा महंगो छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्