नाडा अध्यक्षका प्रत्यासी ध्रुब थापाको प्यानल घोषणा, यी व्यवसायीको साथ

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष प्रत्यासी ध्रुब थापाको प्यानल घोषणा गरिएको छ । वर्तमान कार्यसमिति ६ जनाको साथसहित थापाले प्यानल घोषणा गरेका हुन् । थापाको टिममा बजाजका आकाश गोल्छादेखि ह्युन्डाइका निराकार श्रेष्ठसमेत छन् । अध्यक्ष पदको उम्मेदवार थापाको टिममा वर्तमान उपाध्यक्ष गोल्छा, श्रेष्ठसहित टीभीएसका दीपक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलियासमेत छन् । थापालाई नाडाका पूर्वअध्यक्ष अञ्जन श्रेष्ठको साथ छ । श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत हुन् । थापाको प्यानलमा यमुना श्रेष्ठ, अमरज्योति रञ्जित, बीएन पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायण पौडेल, प्रदिप प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बीएस कंशाकार, सञ्जय खेतानसमेत छन् । अध्यक्षका प्रत्यासी थापाले आफूले समावेशी प्यानल बनाएको दाबी गरे ।