Shikhar Insurance

नारायणी डेभलपमेन्ट बैंकले १३ लाख १२ हजार कित्ता हकप्रद जारी गर्दै

सिंहदरबार संवाददाता
२०७८ मंसिर १७, शुक्रबार ११:०३
NIMB
Nabil Bank

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले १३ लाख १२ हजार बढीको कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

सो हकप्रद बैंकले सो हकप्रद पुस ७ गतेदेखि पुस २६ गतेसम्मका लागि जारी गर्न लागेको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद जारी गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

हाल बैंकको चुक्ता पुँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ रहेको हकप्रद निष्काशनपछि २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ पुग्नेछ ।
हकप्रद निष्काशनका लागि बैंकले मंसिर २४ गते शेयर दाखिला बन्द गर्ने उल्लेख गरेको छ । बैंकको हकप्रद निष्काशनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

हकप्रदका लागि इच्छुक आवेदकले बिक्री प्रबन्धक, मेरो सेयर, नारायणी बैंकका साथै सि–आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका आवेदन दिन सक्क्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्