Shikhar Insurance

चानचुन छैन, चकलेट लिउ है बाबु…

सिंहदरबार संवाददाता
२०७८ मंसिर १७, शुक्रबार ११:४७
NIMB
Nabil Bank

काठमाडौं ।

चानचुन छैन, चकलेट लिनुस् है…

Citizen Life
Kumar Bank
Nepal Life

यो भनाइ पसलेले सामान किनेपछि फिर्ता दिने बेला प्रयोग गर्ने गर्छन् । तपाईं हाम्रो दैनिक जीवनमा यस्ता पसले धेरै भेटिन्छन् ।

र, हामी चानचुन माग्नुको सट्टा चुपचाप रहन बाध्य हुन्छौं ।

पसलेले दिएको चकलेट तुरून्त खाइहाल्छौं । वा, बालबच्चालाई दिन्छौं ।

यसरी पसलले दिएको चकलेट बचत गरेर पछि सामान किन्न सक्ने कल्पनासमेत कतिजनाले गरेका हुँदैनौं ।

तर, एकजना बालक पसलेले दिएको चकलेट जम्मा गरेर पछि सामान किन्न सक्ने सन्देश दिएका छन् ।

हरेक दिन सामान किन्न जाँदा फिर्ता पाएको चकलेट एउटा भाँडोमा जम्मा गर्छन् । ४ सय ६० रूपैयाँ भएपछि एकदिन पाउरोटी, चियापत्ती, सरफ आदि किन्न जाँदा सो चकलेट पसलेलाई दिन्छन् र सामान किन्छन् ।

बालकको यो गतिविधि देखेर पसले छक्क पर्छन् ।

यसमा एउटा सन्देश छ, जतिसुकै चानचुन भएपनि बचत भएको एकदिन काम लागिहाल्छ नि !

सिटिजन्स बैंक इन्टरनेसनले यस्तै एउटा सन्देशमुलक भिडियो बनाएको छ । जहाँ माथि उल्लेख गरेअनुसार ती बालकले चतुर्‍याईं प्रस्तुत गर्छन् ।

हेरौं भिडियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्